मनोरञ्जनमुख्य समाचारसमाचार

गायक सज्जन राज वैद्य बारे रोचक तथ्यहरु…

Gobal IME Bank

काठमाडौँ । ‘सज्जन राज वैद्य’ नाम नौलो नाम होइन । अहिले प्राय युवा पुस्ताको प्ले लिस्ट सज्जनको संगीतले भरिएको हुने गर्छ । सज्जनको गीतले अहिले नेपाली युवा पुस्तालाई मोहित बनाएको छ । उनको संगीतले आफ्नो माया गर्ने व्यक्तिलाई मिस गर्न बाध्य बनाइदिन्छ । उनको कन्सर्टमा हजारौँ दर्शक सहभागी भइ रोमान्चित भइरहेका हुन्छन् । सज्जन राज वैद्यलाई नेपाली कला क्षेत्रको जेम नै मान्न सकिन्छ ।

सज्जन राज वैद्यको गीत बाहेक अरु केही कुराहरु पनि रोचक छन् जसको बारे निकै कमलाई मात्र थाहा छ । सज्जन राज वैद्यको बारेमा रोचक तथ्यहरुबारे पढ्नुहोस्ः

१) सफलता
सज्जन राजको पहिलो गीत सन् २०१४ मा रिलिज भएको थियो तर यो गीतलाई दर्शकले खासै नोटिस गरेका थिएनन् । उनको दोश्रो गीत हवाईजहाज सन् २०१६ मा रिलिज भएको थियो जुन श्रोताले निकै रुचाए र यसका साथै सज्जनको करियरले रफ्तार लियो । हवाईजहाजले युट्युबमा २८ मिलियन भिउज पुगिसकेको छ ।

२) एल जि बि टि क्यु
सज्जन राज वैद्यको गीत हतारिदै बतासिदैमा नेपाली इन्टरटेटमेन्ट जगतमा निकै कम देखिने कुरा दर्शाइएको थियो । यस गीतमा एलजिबिटिक्यू गे जोडीले अभिनय गरेका थिए । यस गीतमा पुरुष जोडीको लभस्टोरीलाई देखाइएको थियो । सज्जनले यस गीतले एलजिबिटिक्यू कम्युनिटिलाई रिप्रेजेन्ट गरेको थियो ।

३) कथा भिडियो सिरिज
सज्जन राज वैद्यको आफ्नै कथा नामको भिडियो सिरिज छ भिडियो २ भाग डिस्कसन् र म्यूजिकलमा विभाजित गरिएको छ । भिडियोको पहिलो भागमा विभिन्न गायक संगीतकारहरुसँग गीत बनाएको प्रक्रियाबारे डिस्कसन् हुन्छ र दोश्रो भागमा सज्जन र गेस्ट गायकहरु मिलेर उनीहरुको ओरिजनल गीतको अकोस्टिक भर्जनमा प्रस्तुती दिने गर्छन् ।

४) स्पोटिफाईकेको स्टार
सन् २०२२ मा सज्जन राज वैद्य स्पोटिफाईमा सबैभन्दा धेरै स्ट्रिम्ड भएको नेपाली आर्टिस्ट हुन् ।

५) गीत लेख्ने प्रक्रिया
सज्जन राजको फ्यानहरुलाई उनको गीतको लिरिक्स मन धेरै मन पर्छ । एउटा इन्टरभ्यूमा सज्जनले लिरिक्स लेख्ने समयमा आफुले कुनै स्थितिको कल्पना गरि र आफ्नो साथीहरुको कथाबाट प्रेरित भइ गीत लेख्ने गरेको बताएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button