मुख्य समाचारसमाचार

संसद भवनमा सत्ता गठबन्धनको बैठक सुरु, सरकार गठनबारे छलफल गरिने

Gobal IME Bank

काठमाडौं । नवनिर्मित सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही समयपछि मात्रै बसेको हो । बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो । ।

बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी हुनुहुन्छ ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

बैठकले नयाँ सरकार गठनको बारेमा छलफल गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button