अन्यसमाचार

महादेवको घाँटी कसरी निलो भयो ?

Lord Shiva

NTC

काठमाडौँ। हिन्दू धर्मका विभिन्न धार्मिक पुराण विष्णु पुराणमा उल्लेख भए अनुसार सत्ययुगमा देवताहरू र दानवहरूले अमृत प्राप्त गर्नका लागि क्षीरसागरमा समुद्र मन्थन गर्न लागेका थिए।

समुद्र मन्थन गर्दा मन्दराचलको मदानी र सर्पको नेती बनाइयो। समुद्र मन्थन गर्दा १४ वटा अद्भुत रत्न मध्ये सबै भन्दा पहिले हालाहल कालकुट विष निस्कियो । जब हलाहल कालकुट विष निस्कियो यसबाट गन्ध र ज्वाला निस्क्यो र देवता र दानवहरू भय, त्रास र डरले आतंकित भएर कोलाहल गर्न थाले। हलाहल कालकुट विषलाई कतै फ्याक्न पनि मिल्दैन थियो किन भने यसको तेजबाट सारा सृष्टि विनाश हुन सक्थ्यो । स्वर्ग, आकाश र पृथ्वीमा फैलियो भने देवताहरू, दानवहरू, स्थलचर, जलचर, वनस्पति आदि सम्पूर्ण संसार नै खरानीमा परिणत हुने देवताहरूले लक्षण देखे।

अब यस्तै अवस्था रही रहेमा कोही पनि बच्न सक्दैनन् भन्ने लाग्यो। देवताहरूले आपसमा छलफल एवं परामर्श गर्न थाले। यो विषलाई यसै खुला छाडिदिने हो भने हामीहरू सबै भष्म भएर खरानी हुनेछौं। यसको नियन्त्रणको लागि हामीहरूले केही उपाय निकाल्नै पर्छ भनी तर्क वितर्क गर्न थाले। बिष्णु भगवान ब्रम्हाजीको शरणमा गए। त्यहाँबाट केही उपाय नपाए पछि सबैले हलाहल कालकुट विषलाई सबै प्राणीहरूका रक्षकसाक्षात शिव भगवानले आफ्नै शरीरमा लीन गराएर सबै प्राणीहरूको रक्षा गर्न सक्ने शक्ति छ, त्यसकारण उहाँकै शरणमा जाउँ भनी निर्णय गरे।

त्यसपछि सबै देवता र दानवहरू शरणगत त्राहीमाम प्रभु त्राहीमाम प्रभु भन्दै कैलाशतर्फ प्रस्थान गरे र भगवान शिवको पाउ परेर रुन कराउने थाले। यस्तो भयभित कोलाहलको दृश्य देखेरे के विघ्न बाधा पर्‍यो भनी भगवान शिवजीले बन्द आँखा खोली सोध्नु भयो। देवताहरूले समुद्र मन्थन र कालकुट विषबारे सबै कुरा प्रभु समक्ष बिन्ती चढाएर शरणगत भए।

यसको प्रतिउत्तरमा देवादिदेव शिव भगवानले भन्नुभयो९ “यदि यो संसारको देवता दानव एवं सम्पूर्ण प्राणीहरूको कल्याण र रक्षा हुन्छ भने म यो हलाहल कालकुट विष सेवन गर्छु ”। त्यसपछि शिव भगवानलेले हलाहल कालकुट विषलाई पिउनु भयो र यो ब्रम्हाण्ड विनाश हुनबाट बचाउनु भयो र सबैको रक्षा र कल्याण गर्नुभयो। जब त्यो कालकुट विष भगवान शिवले पिउनु भयो विष शिव भगवानको घाँटीमा अड्कियो त्यसपछि उहाँको घाँटी पोल्न थाल्यो, पीडा र कष्ट हुन थाल्यो र घाँटी नीलो भयो। त्यसपछि शिवजीको अर्को नाम नीलकण्ठ बन्न गयो।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button