Grace Computer Jawalakhel
अन्यसमाचार

सती प्रथा अन्त्य भएको १०२ वर्ष पूरा

Sati

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ ‘असल पत्नी’ हुन्छ।
प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूको मृत्यु भए पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो।
श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०२ वर्ष पूरा भएको छ ।वि.सं १९७७ साल, असार २५ गते चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए।

वि.सं १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरि यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो।

मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’  जारी गरे। जसमा गर्भ रहेको एक महीना मात्रै भएको अवस्थामा श्रीमान्‌को मृत्यु भएमा सती जान नदिनु, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनु भन्ने जस्ता व्यवस्था गरिएको थियो । तर यो व्यवस्था कार्यान्वयनमा आएन।
चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button