Thursday , 29 July 2021

फागुन २३ देखि ‘दोस्रो टोखा महोत्सव’ -GoodNews24

काठमाडाैँ । धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–२ र ३ टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
“मेलामा स्थानीय कला, संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ”, उहाँले भन्नुभयो । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा टोखा नगरपालिकामा रहेका सांस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ । महोत्सवमा पाँच लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle