अन्यशिक्षा स्वास्थसमाचार

SEE परीक्षा ताेकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्‍नुस् : शिक्षामन्त्री – GoodNews24

Gobal IME Bank

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको र विद्याय बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भइरहेकाले उक्त परीक्षा यथावतरूपमा नै सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्नेजस्ता गलत सूचनाको भ्रममा नपर्नसमेत अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको जनाउँदै आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत तथा सञ्चारमाध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरासमेत जानकारी गराउनुभएको छ ।  मन्त्रालयले यसअघि नै कोरोना भाइसरका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न विद्यालयलाई निर्देशनसमेत गरिसकेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”4699″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3399″] [irp posts=”2735″] [irp posts=”4224″] [irp posts=”4991″] [irp posts=”5035″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button