अन्यसमाचार

महानगरपालिकामै स्यानिटाइजर बनाइने -GoodNews24

Gobal IME Bank

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो ।
स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्र्याक्सान डिस्टिलेशन सेट र चिनी कम्पनीबाट उत्पादित स्प्रीटको प्रयोग गरी महानगपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर बनाउन लागेको महानगरपालिका प्रमुखका स्वकीय सचिव राजु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको नेतृत्वमा छ दिनको तालीम लिएका ६० जना व्यक्तिले आआफ्नो घरमा स्यानिटाइजर बनाउन पाउने छैनन् । रसायनसँग खेल्नुपर्ने भएकाले यसको जोखिमलाई ख्याल गरी हामीले यो निर्णय गरेका हाैँ ।”
कार्यालयमा स्यानिटाइजर बनाउने नेतृत्व रसायनशास्त्रमा स्नातकोत्तर नारायणराज महर्जनले गर्ने बताइएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग हुने हाइट्रोजन पेरोअक्साइडले छालामा छुँदा असर पर्छ । महानगरपालिकाले स्यानिटाइजर उत्पादन गर्न थालेपछि यदि बोलाएका खण्डमा नमूना परीक्षण गर्न जाने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिनुभयो ।
“विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको मात्रामा रसायनको प्रयोग गरेर स्यानिटाइजर बनाउँदा कसैले पनि डराउनुपर्ने अवस्था रहेको छैन”, नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भन्नुभयो, “नेपालमा रहेका केही सङ्घसंस्था, काठमाडौंँ उपत्यकाभित्र र बाहिर केही नगरपालिकाले पनि स्यानिटाइजर बनाउने जानकारी प्रवाह गर्न अनुरोध गरिरहेका छन् ।” साबुनपानीको पहुँच तथा व्यवस्था नभएका स्थानमा स्यानिटाइजर निकै उपयोगी हुने ढुङ्गेलले जानकारी दिनुभयो ।
महानगरपालिका विपत् व्यवस्थापन महाशाखाले गत फागुन २६ देखि २९ गतेसम्म हरेक वडाका दुई महिलालाई मास्क बनाउने तालीम पनि दिइसकेको छ । ती महिलाले हाल हरेक वडामा मास्क बनाउँदै महानगरपालिका कार्यालयमा दिने गरेका छन् । महानगरले ती महिलालाई प्रत्येक मास्क बनाएको ज्याला रु पाँच दिई रु ७ मा बिक्रीवितरण गर्ने गरेको महर्जनले बताउनुभयो ।
महानगरपालिकाले सेवा लिन आएका व्यक्तिलाई हातमा स्यानिटाइजर लगाउन दिने, थर्माेमिटर गनको प्रयोग गरी ज्वरो नाप्ने, ज्वरो आएका हकमा आराम र सजगता अपनाउन लगाउने, कोभिड–१९ का बारेमा लेखिएको पर्चा वितरण गर्ने र एफएम रेडियोमा जनचेतना फैलाउन थालिसकेको छ ।

यो पनि पढ्नुहोस् …
[irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button