मुख्य समाचारसमाचार

सेतो मच्छिन्द्रनाथको बारेमा रोचक कथा, सुन्नुभएको थियो ?

Gobal IME Bank

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म रथ यात्रा हुनेछ। नेवारी समुदायले निकै उत्साहका साथ रथ तान्ने गर्छन् । नेवारी समुदायको विशेष जात्रा भए पनि रथ तान्ने कार्यमा जो कोही पनि सहभागी हुन सक्छन् । यो रमाइलो पर्व मनाउनु पछाडीको कथा के छ ?

सेतो मच्छिन्द्रनाथलाई हिन्दुहरुले वर्षा र सहकालको देवता र बुद्ध धर्मावलम्बीहरुले अवलोकितेश्वरको रुपमा पुजा गर्ने गर्छन् । यस जात्राको बारेमा धेरै मिथकहरु रहेका छन् । यो उत्सवले जाडोको अन्त्य र वसन्त, वर्षा र रितुको आगमनलाई पनि जनाउँछ ।

सेतो मच्छिन्द्रनाथको मुर्ती राख्ने मन्दिर जनबहालका स्थानीयहरुमा सेतो मच्छिन्द्रको बारेमा निकै रोचक र प्रसिद्द कथा छ । किम्बदन्ती अनुसार यक्ष मल्लको शाशनकालमा कान्तिपुरी नगरीको खोलामा स्नान गरेर पवित्र भई स्वयम्भुनाथको दर्शन गर्दा स्वर्ग जान पाउने विश्वास थियो । एक दिन कालको देवता यमराजले स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाउनु भयो र स्वयम् स्वयम्भुनाथको दर्शन गर्न आउनु भयो । यसरी यमराज स्वयम्भुनाथको दर्शन गर्न आएको थाहा पाए पछि राजा यक्ष मल्लले यमराजलाई तान्त्रिक पुजारीको मद्दतले बन्दि बनाएर राख्छन् । राजा यक्ष मल्लले यमराज सँग अमर हुने वरदान दिए मात्र उहाँलाई मुक्त हुन दिने प्रस्ताव राख्छन् । यमराजले उक्त वरदान राजालाई दिन असमर्थ भएको बताउनु हुन्छ र त्यसपछि यमराजलाई राजाले बन्दि बनाएर राख्छन् । बन्दि भए पश्चात् यमराजले आफ्नो मुत्तिको लागि आर्य अवलोकितेश्वरको प्राथना गर्नु हुन्छ ।

यमराजको प्राथना सुनेर सेतो वर्णको अवलोकितेश्वर पानिबाट प्रकट भई दर्शन दिन आउनुहुन्छ । त्यसपछि अवलोकितेश्वरले राजालाई आफु र यमराजले राजालाई अमर हुने वरदान दिन नसक्ने बताउनु हुन्छ । यसका साथै देवता अवलोकितेश्वरले यक्ष राजालाई आफ्नो दर्शन पाउनको लागि कालिमाटी र बाग्मती नदिको मिलन हुने स्थानमा मन्दिर बताउन आज्ञा दिनु हुन्छ । अवलोकितेश्वरले राजालाई ‘ यस मन्दिरको दर्शन जसले गर्छ उसको आयु लामो हुनेछ म यति मात्र गर्न सक्छुु ‘ भन्नु हुन्छ । यस पश्चात् राजा यमराजलाई मुक्त गर्न बाध्य हुन्छन् ।

अवलोकितेश्वरले राजालाई चैत्र शुक्ल अष्टमीको दिन देखि तिन दिन रथ यात्रा गर्न पनि आज्ञा दिनुहुन्छ । अवलोकितेश्वरले हिडडुल गर्न नसक्ने अशक्त भक्तहरुको घरमा पुग्नका लागि यो रथ यात्रा गर्न आज्ञा दिनु भएको थियो भन्ने विश्वास स्थानीयमा रहेको छ । यस दिन देखि हरेक वर्ष यो रथ यात्रा गर्न थालियो र यो रथ यात्राको सुरुवात अवलोकितेश्वर प्रकट हुनु भएको स्थानबाट नै हरेक वर्ष गर्ने गरिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button