मनोरञ्जनसमाचार

‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ को सूचीमा बलिउड बादशाह शाहरुख खान

Gobal IME Bank

काठमाडौं । प्रतिष्ठित ब्रिटिश म्यागजिन ‘एम्पायर’ ले जारी गरेको ‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ अर्थात संसारको ५० महान् अभिनेताको सूचीमा बलिउड सुपरस्टार शाहरुख खान परेका छन् ।

खान म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको उक्त सूचीमा पर्ने एकमात्र भारतीय नागरिक हुन् ।

५७ वर्षीय अभिनेतालाई समावेश गरिएको म्यागजिनको सूचीमा डेन्जल वासिङ्टन, लियोनार्डडो डि क्याप्रियो, टम ह्याक्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सन, आदि जस्ता धेरै हलिउड दिग्गजहरू रहेका छन् ।

सूचीको पहिलो स्थानमा भने हलिउड अभिनेता डेन्जल वासिङ्टन छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button