अन्यसमाचार

शिवजीको प्रिय महिना श्रावण

Shrawan

Gobal IME Bank

काठमाडौँ। नक्षत्रका दिन पूर्ण हुने महिना श्रावण हो । ‘पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिएको छ । वर्षा ऋतुको पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइन्छ । आकाश एवं धर्तीमा स्वच्छता रहने भएकाले यो महिनालाई ‘नभा’ भन्ने संज्ञा पुराणले दिएका छन् ।
शिवजीको महिना श्रावण (कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष हुन्छ।

यसैगरी अन्य सबै महिनाभन्दा शिव भगवानलाई श्रावण नै प्रिय लाग्छ। शिव भगवान् १२ महिनामध्ये श्रावण नै मेरो प्रिय महिना हो भनी स्कन्दपुराणमा यसरी बताएको पाइन्छ स् ‘द्वादशस्वपि मासेषु श्रावणे मेऽतिवल्लभः । श्रवणार्हं यन्माहात्म्यं तेनासौ श्रावणे मतः ।।’ (स्कन्दपुराण, पूर्ववत्, १।१७) अर्थात् १२ महिनामध्ये श्रावण मलाई अतिप्रिय रहन्छ । यो समय शिव भगवानको कथाहरु सुन्नका निम्ति पनि उत्तम रहन्छ ।

श्रावण महिनामा गरिएको शिव उपासना एवं ग्रहजप, होम, तर्पण, दान सम्पूर्ण मनोवाञ्छित फलदायी हुने विश्वास गरिन्छ ।साउन महिनामा ग्रह यज्ञ, कोटिहोम, लक्षहोम आदि विशेष यज्ञ शुभफलदायी रहन्छन् । यो समयमा गरिएका यज्ञले मनले चाहेका सम्पूर्ण कुरा पूरा हुन्छन् । श्रावणभन्दा प्रिय अर्को महिना छैन भनी स् ‘यथायं मे प्रियो मासस्तथा किञ्चिन्न मे प्रियम् ।’ (पूर्ववत्, २।१७) यसरी शिव भगवानले बताउनु भएको विश्वास रहेको छ ।

श्रावणका सोमबारको महिमा स्
सोम भनेको शिवजीकै नाम हो । ‘चन्द्रमा मनसो जातः ।’ (यजुर्वेद) अर्थात् परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको कुरा यजुर्वेदमा उल्लेख गरिएको पाइन्छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवकै नाम हुन् भनी महाभारतमा उल्लेख पाइन्छ । ‘सहस्राक्षो विशालाक्षः सोमो नक्षत्रसाधकः ।।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनाम, श्लो ३७) यसैगरी सोम चन्द्रमाको पनि नाम हो । ‘मत्स्वरूपो यतो वारस्ततः सोम इति स्मृतः ।।’ (श्रावण महात्म्य, ६।४) अर्थात् मेरो स्वरूपको बार नै सोम हो भनी स्कन्दपुराणको श्रावण महात्म्यमा बताइएको छ ।

यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शिरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्ने सोम शिवस्वरूप भएकाले सोमबार शिवजीको विशेष उपासना गरिएको हो । बाह्रवटै महिनाका सोमबार शिव उपासनाका निम्ति उत्तम मानिन्छन् । यदि यी वर्षभरिका सोमबार शिवजीको उपासना गर्न सकिएन भने पनि श्रावणको सोमबार व्रत धारण गर्नाले वर्षभरि गरिएको व्रत बराबर नै फल प्राप्त हुने विश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button