 साउन महिनामा महिनाभरि शिवजीको पूजा गर्ने चलन छ । यस पावन एवं पवित्र श्रावण मासमा शंकर भगवानको विशेष कृपा प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुमा विश्वास रहेको छ। यस पवित्र साउन महीनामा जसले श्रद्धा एवं भक्तिले शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ या गराउँद छ  उसले भगवान् शिवबाट मनोवाञ्छित फल प्राप्त गर्दछ भन्ने जनविश्वास छ।

साउन महिनाको प्रत्येक दिन महत्त्वपूर्ण छ त्यसमा पनि प्रदोष तथा सोमवार शिवजीको दर्शन, पूजा, आराधना तथा अभिषेक गर्न अरु दिन भन्दा बढी महत्त्व छ, त्यसैले देवादिदेव महादेवलाई साउन महिना अति प्रिय छ । यसै मान्यता अनुसार श्रध्दालु भक्तजनहरु यस महिना व्रत, उपवास, पूजा, पाठ, स्तोत्र, न्यास, ध्यान, आरधना एवं रुद्राभिषेक, कवच, दान एवं सहयोग आदि गरि शंकर भगवानको विशेष कृपा प्राप्त गर्दछन् ।
सनातन धर्ममा यो साउन महीना अति पवित्र मानिने भएकाले यस महिनामा सत्त्विक एवं चोखो भोजन गर्ने गरिन्छ । भगवान् शिव आफैले सनत कुमारलाई साउन महीनाको महीमाका बारेमा बताउए अनुसार महादेवको त्रिनेत्रमा दाहिने नेत्र सूर्य, बायाँ नेत्र चन्द्र र मध्य नेत्र अग्नि हो । जब सूर्य कर्कट राशिमा गोचर गर्दछ तब साउनको महीना प्रारम्भ हुन्छ । सूर्यमा तेज हुन्छ जस्ले बाफ दिन्छ भने चन्द्रमा शितल हुन्छ जस्ले शितलता प्रदान गर्छ त्यसैले सूर्य कर्कट राशिमा आउनाले वर्षा हुन्छ । जसले गर्दा लोक कल्याणका लागि कालकुट बीष धारण गर्नुहुने भगवान शंकरलाई शितलता मिल्छ । त्यसैले पनि शिव भगवान र साउन महीनको गहीरो सम्बन्ध रहेको हो ।
संजीवनं समस्तस्य जगतः सलिलात्मकम् ।
भव इत्युच्यते रूपं भवस्य परमात्मनः ॥
अर्थात् जो जल तथा समस्त जगतकाे प्राणीहरूमा जीवनको संचार गर्नेवाला परमात्मा स्वयं शिवकै रूप हो। त्यसैले जलतत्त्वको बढी महत्त्व रहेको छ ।