शिक्षा स्वास्थसमाचार

स्ट्रबेरी खानुको फाइदाहरु…

Gobal IME Bank

काठमाडौँ । स्ट्रबेरी एक रसिलो र स्वादिष्ट फल हो । यो फल हेर्दा र खाँदा जति राम्रो र मिठो हुन्छ त्यति नै यसले स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ । स्ट्रबेरी खाँदा हाम्रो शरीरलाई थुप्रै फाइदाहरु हुन्छन् । यो स्वादिष्ट त हुन्छ नै, साथै हाम्रो स्वास्थ्यमा पनि यसले विभिन्न फाइदाहरु पुर्याउछ । के-के छन् त स्ट्रबेरी खानुको फाइदाहरु ? जानी राखौँ ।

१) मुटुको रोग
स्ट्रबेरीमा हुने एन्टी अक्सिडेन्ट तत्वहरुले हाम्रो मुटुलाई बचाउन सहयो्ग गर्छ । यसमा हुने पोलिफेनोलिक कम्पाउण्डले मुटु रोग हुने खतराबाट पनि जोगाउन मद्दत गर्छ । त्यसैगरी यसले ब्याड कोलेस्ट्रोललाई पनि कम गर्छ जसले गर्दा मुटु रोग हुने सम्भावना कम हुन्छ ।

२) क्यान्सर
स्ट्रबेरीमा एन्टी अक्सिडेन्टको मात्रा धेरै हुने भएकाले यसको सेवन गर्दा क्यान्सर हुनबाट जोगाउँछ । त्यसका साथै क्यान्सरस कोषहरुलाई नष्ट गर्न पनि मद्दत गर्दछ । स्ट्रबेरीमा पाइने अर्को केमिकल इलाजिक एसिडले क्यान्सरको विकासलाई सुस्त बनाउँछ । विभिन्न अध्ययनका अनुसार स्ट्रबेरीमा पाइने इलाजिक एसिडले ट्यूमरको वृद्धिलाई रोक्न पनि सक्ने बताइन्छ ।

३) मोटोपन 
स्ट्रबेरीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ र हाम्रो शरीरलाई चाहिने अरु तत्व बढी पाइन्छ । यसको सेवनले रक्तचापलाई सन्तुलित पार्ने र ब्लडमा अक्सिजनको संचारलाई बढाउने साथै मेटाबोलिजमलाई पनि बढाउने हुदाँ स्ट्रबेरी मोटापन भएका व्यक्तिहरुका लागि फाइदानजनक मानिन्छ ।

४) मस्तिष्क
स्ट्रबेरीको सेवनले हाम्रो दिमाग र नर्भस सिस्टमलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्दछ । यसको नियमित सेवनले हाम्रो कन्सनट्रेसन पावर बढाउँनुका साथै डिप्रेसन जस्तो समस्याबाट पनि टाढा राख्दछ ।

५) पाचन प्रक्रिया
स्ट्रबेरीको नियमित सेवनले हाम्रो पाचन प्रक्रियालाई मजबुत र तन्दुरुस्त राख्न मद्दत गर्दछ । यसले पेटमा ग्यास हुने, ग्यास्ट्राइटिस, अपच, अमन जस्ता समस्याबाट छुटकारा दिलाउँछ । स्ट्रबेरीले ब्लडमा सुगरको मात्रा सन्तुलित राख्ने हुदाँ मधुमेहबाट जोगाउनुका साथै मधुमेहका बिरामीले खाँदा पनि फाइदा हुन्छ ।

६) रोग प्रतिरोधात्मक क्षमता
स्ट्रबेरीमा पर्याप्त मात्रामा भिटामिन सी हुनेहुँदा यसले हाम्रो शररिको इम्यिुनिटी पावर अथवा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसका साथै सामान्य रोग जस्तै रुघा, खोकीले ग्रसित हुनेहरुका लागि पनि यो निकै फाइदाजनक हुन्छ ।

७) छाला
स्ट्रबेरीमा पाइने एन्टी अक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै समय अगाडि नै छाला चाउरी पर्ने समस्याबाट पनि छुटकारा दिन्छ । यसको फेस प्याक बनाएर लगाउनाले अनुहारमा भएको दागहरु हट्ने र अनुहारमा चमक पनि आउँछ ।

८) हाडजोर्नी
स्ट्रबेरीमा पाइने पोटासिएमले हाडजोर्नीलाई मजबुत र बलियो बनाउन मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button