समाचार
बुर्तिबाङ पुग्यो बिजुली-GoodNews24
बलेवा- स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो । केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध हुने समस्या । गत भदौ १७ गतेको नरसंहारकारी पहिराले बगाएका लघुजलविद्युत् आयोजना मर्मत गरेर धिपधिप बत्ती बालिरहेको बुर्तिबाङले आइतबारदेखि भने बिजुली पाएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बत्ती बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्नुभयो । जिल्ला सदरमुकाम बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मिहेनतपछि बुर्तिवाङवासीले आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्त रुप लिएको ढोरपाटन नगरप्रमुख नेपालीले जानकारी दिनुभयो बुर्तिबाङमा रहेको लघुजलविद्युत्ले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो । हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङ बिजुली पु¥याउन सकिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुधभयो । बुर्तिबाङमा विद्युत् पु¥याउनका लागि हरिचौरको ११ केभी सब–स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४०० पोल गाडिएको छ । वितरण केन्द्रका अनुसार बुुर्तिबाङ बजारमा तत्कालै तीन हजार घरमा विद्युतीकरण हुनेछ । जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत् सेवा पुगेको छैन । स्थानीयवासीले बनाएका लघुविद्युत्को भरमा बिजुली बालेका छन् ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]