मुख्य समाचारसमाचार

आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ

Gobal IME Bank
pic-sali nadi

काठमाडौँ । श्रीस्वस्थानी व्रतकथाकको प्रारम्भ आजबाट भएको छ । माघ पुर्णिमा हिन्दुहरुको लागि महत्वपुर्ण दिन हो आजबाट शिवजी र स्वस्थानी माताको भक्तहरु दिनको एक छाक मात्र भोजन गरेर माघ शुक्ल पुर्णिामाको दिन सम्म एक महिना व्रत बस्ने गर्छन् ।

पौष शुक्ल पुर्णिमाको दिन देखि हिन्दु धर्मावलम्बिहरु चोखो भई बसेर महिनाभरी घर घरमा श्रीस्वास्थानीको कथाको ३१ अध्याय माघ शुक्ल पुर्णिमा सम्म पढ्ने गर्छन् । पौष महिना भरि महिला र पुरुष दुवै व्रत बस्ने र कथा सुन्ने गर्छन् ।

आज श्रीस्वस्थानीका व्रतालुहरु नुहाइ, हात खुट्टाको नङ काटि चोखो भई बालुवाको शिवलिङ्ग बनाएर पुरै महिना पुजा गर्ने गर्छन् । महिना भर एक छाक चोखो भोजन सेवन गरी र रात्रीमा फलफुल मात्र सेवन गरेर व्रत बस्ने चलन रहेको छ । कतिपय घरमा आजबाट माछा मासु नखाई महिना भरको लागि शाकाहारी भई बस्ने गर्छन् ।

श्रीस्वस्थानी व्रत विशेष गरि महिलाहरुको लागि महत्वपुर्ण मानिन्छ । पौष महिना भरि नेपाली महिलाहरु आफ्नो परिवारको लाभको कामना गर्दै एकचित्त भई व्रत बस्ने गर्छन् ।

श्री स्वस्थानीका व्रतालुहरु काठमाडौँको साखुमा रहेको शालिनदीमा गएर तिर्थस्नान गर्ने गर्छन् ।

यो पर्व पौषको पुर्णिमाको दिन जाडो महिनामा हुने गर्छ र यो महिनामा श्रीस्वस्थानीका व्रतालुहरु विभिन्न तिर्थ नदी र शिव भगवानको मन्दिर जस्तै शालिनदी , पशुपति र शंखु र भक्तपुर स्थित मन्दिरहरुमा जाने गर्छन् ।

श्रीस्वस्थानी व्रतकथाको पुस्तकमा कुमार कार्तिक देवले ऋषि अगस्त्य मुनिलाई मागमाहात्म्य स्कन्द पुराणका ३१ श्रीस्वस्थानीको कथा सुनाउनु भएको कथा व्रतालुहरुले सुन्ने गर्छन् । शिव भगवान र पार्वती माता सँग घटेको घट्नाहरुको बारेमा कथा पाइन्छ र यो कथा व्रतालु र भक्तजनहरु निकै रोमान्चित भइ सुन्ने गर्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button