समाचार

(बुटवल–पाल्पा) सिद्धबाबा सडकमा सुरुङमार्ग बन्दै

Gobal IME Bank

sunung marga
मंसिर ३ बुटवल -पहिरोको कारण अति जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबावा क्षेत्रमा हरेक मौसममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ। बर्षातको समयमा पहिरो खसेर सडक अवरुध्द हुने गर्छ । माथीबाट ढुङ्गा खसेर यही क्षेत्रमा धेरै यात्रुले ज्यान गुमाएका छन् भने कयौँ घाइते बनेका छन् । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । हरेक बर्ष यस क्षेत्रमा दुर्घटना भइराख्ने हुदा यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गरिन्छ । अर्थ मन्त्रालयको एक पत्रपछि सो सुरुङ मार्ग निमार्णको प्रकियामा जानेछ । अत्याधिक दुर्घटना हुने खतरालाई मध्यनजर गर्दै यहाँ सुरुङ्ग मार्ग बनाउन लागिएको हो । माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा रुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बन्ने स्रोत सुनिश्चित भएको लगत्तै यससँगै अर्थ मन्त्रालयले सुुरुङमार्गको वहुवर्षीय ठेक्का लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुमति दिएको छ ।अर्थ मन्त्रालय स्रोत अनुसार १।२४ कलिोमिटर लामो ओं सुरुङ बनाउन लाग्ने खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरिएको छ र अब एक महिनाभित्र टेन्डर आह्वान गरिनेछ । स्वीस सरकारको सहयोग मार्फत सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमार्ग को अध्ययन भएको थियो र सो अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने सम्भावना देखिएको थियो ।

सडक विभागले यस आयोजनालाई डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्ने सहमतिमा ठेक्का दिनेछ। राष्ट्रिय योजना आयोगबाट सुरुङ मार्ग निर्माणका लागि स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ वमोजिमको प्रक्रिया पुरा गरी डिपीआर वमोजिम हुने गरी डिजाइन, निमार्ण तथा सञ्चालन मर्मत कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरी लागत अनुमान वमोजिम प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालिन खर्च संरचनामा समावेश गरी सोही वमोजिम वार्षिक वजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमा भित्र रही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आदेश दिएको छ । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् । सिद्धबाबामा दैनिक ३ हजारभन्दा धेरै सवारी साधान आवतजावत गर्ने गरेको ट्राफ्रिक प्रहरीको रेडर्कमा उल्लेख छ ।

sidhhababa surungmarga

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button