गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

Gobal IME Bank

skin care - Goodnews.com.npजाडो मौसम आएको छ । गर्मीमा भन्दा जाडोयाममा हाम्रो शरीरको र स्वास्थ्यको ज्यादा हेरचाह गर्नु पर्छ । आफ्नो स्वास्थ्यको ख्याल गरेर जाडो मौसममा न्यानो कपडा लगाउने र न्यानो भएर बस्ने, खाने कुरा र अन्य कुरामा ध्यान दिने कुरा त छदै छ तर छाला अनुहारको ख्याल गर्नु पनि उत्तिकै आवश्यक छ । जाडोयाम आउनासाथ हाम्रोे छाला सुख्खा हुन थाल्छ । कसै-कसैलाई त धेरै चिसो भएर छाला सुख्खा भएर फुट्न थाल्छ र रगत पनि आउँछ । आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर छालालाई सुन्दर र स्वस्थ बनाउन सक्छौं ।

-सुन्दर छालाको लागि धेरै पानी पिउनु आवश्यक हुन्छ । धरै पानी पिउनाले तपाईंको छाला सुख्खा हुन कम हुन्छ ।

-जाडोयाममा सधैं मनतातो पानीले नुहाउनु पर्छ । तातो पानीले छालाको प्राकृतिक चिल्लोलाई हटाउने हुनाले छाला अति नै सुख्खा हुन जान्छ । यदि तपाईंको छाला सुख्खा छ भने अनुहार र शरीरमा साबुन प्रयोग गर्नु हुँदैन । त्यसको साटोमा अरु बिकल्पहरु क्लिजिङ प्रयोग गर्नुस ।

-अनुहारमा साबुन अथवा फेसवास भन्दा क्लिजिङ मिल्कले सफा गर्नुपर्छ । सफा पानीले अनुहार धोएर मोइस्चराइजरको प्रयोग गर्नु पर्छ ।

-यदि तपाईंको छाला सुख्खा छ भने शरीरको लागि एउटा राम्रो बडी लोसन अथवा बडी बटरको प्रयोग गर्नु पर्छ ।

– बाहिरको जंक फुड भन्दा घरमा बनेका खानेकुराहरु खानु पर्छ । फलफूल र तरकारीको सेवन धेरैभन्दा धेरै गर्नु पर्छ ।

– समय-समयमा मृत कोषिकाहरुलाई हटाउनु अति नै आवश्यक हुन्छ, जसलाई हामी एक्सफोलिएसन भन्छौं । यसको लागि हप्तामा दुई पटक फेस स्क्रबको प्रयोग गर्नु पर्छ, यसो गर्दा मृत छाला हट्छ ।

– अनुहार वा हात खुट्टा वा ओठहरु फुट्न सक्छन यस्तोमा बजारमा पाउने अनेक औषधी वा केमिकल युक्त क्रिमहरु प्रयोग नगर्नुहोस । घरेलु र प्राकृतिक उपायहरु अपनाउनुस् ।

– केही समस्या आएमा बिभिन्न प्रयोगहरु गर्नु भन्दा छाला बिशेषज्ञलाई देखाउनुहोस ।

– सौन्दर्य धन हो । यसलाई कायम राख्ने धनि हुन्छ ।

गुड न्यूज डटकम डट एनपी
goodnews.com.np

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button