मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो स्लिप डिसअर्डर ? आफैंले पनि गर्न सकिन्छ उपचार…

Gobal IME Bank

एजेन्सी । स्लिप डिसअर्डर भएका मानिसहरुको सुत्ने क्षमतामा असर परिरहेको हुन्छ । यो डिसअर्डर भएका मानिसहरु नियमित रुपमा सुत्न असक्षम हुन्छन् । अहिले यो डिसअर्डर भएको मानिसहरुको संख्या नेपालमा पनि निकै बढि रहेको छ । यो विभिन्न स्वास्थ्य समस्या, तनाव, एन्जाइटी, डिप्रेसन र लागु पदार्थ दुर्व्यसनको कारण हुने गर्छ । धेरै जसो मानिसहरुलाई कहिलेकाँही तनाव र व्यस्तताको कारण निद्रा नलाग्ने समस्या हुने गर्छ तर नियमित रुपमा यसरी सुत्नमा समस्या आएमा वा प्रसस्त मात्रामा निद्रा नपाउँदा हाम्रो दैनिक जिवनमा असर पर्न जान्छ ।

स्लिप डिसअर्डर विभिन्न प्रकारको हुन्छ एन्जाइटीमा सुरु–सुरुमा निद्रा नलाग्ने, मन आत्तिने, दिमागमा धेरै कुरा खेल्ने र निद्रा पर्न गाह्रो हुने हुन्छ । डिप्रेशनमा सुरुमा निद्रा पर्छ तर बिहान निन्द्राबाट ब्युझिने नर्मल समयभन्दा दुई तीन घण्टा अघि निन्द्रा खुल्छ । बिच–बिचमा ब्युझिने अथवा निद्रा पुरा भएर ब्यिझिनु भन्दा अघि नै ब्युझिने, ब्युँझिएपछि निद्रा नलाग्ने पनि हुन्छ । त्यसैगरी डिप्रेशनमा, बाइपोलार डिसअर्डर मेनिया भन्ने पनि हुन्छ, यसमा बिरामी २ घण्टा सुत्दा पनि फ्रेस हुने हुन्छन् । त्यस्तै, लागुपदार्थको सेवनको कारणले गर्दा पनि स्लिप डिसअर्डरको समस्या आउन सक्छ ।

हाम्रो शरीरले प्रसस्त मात्रामा निद्रा नपाउदा हाम्रो शरीरको उर्जा, मुड, एकाग्रता र पुरै स्वास्थ्यमा असर पर्छ । स्लिप डिसअर्डर लगभग ८० प्रकारका हुन्छन् ति मध्ये मुख्य चार यसप्रकार छन्

१.इन्सोमेनिया
इन्सोमेनिया हुँदा निदाउन वा रातभर सुत्न गाह्रो हुन्छ। यस्तो अवस्थामा निद्रा नलाग्ने, राती प्रायः उठ्ने र फेरि निदाउन समस्या हुने, बिहान धेरै चाँडो निद्रा खुल्ने जस्ता समस्या हुन्छन्। अनिन्द्राको कारण थकान बढ्ने, एकाग्र हुन नसक्ने, काममा अथवा अन्य कार्य गर्नमा समस्या हुने। अनिद्रा कति समयसम्म रहन्छ र कति पटक हुन्छ यकिन गर्न सकिँदैन। लगभग ५० प्रतिशत वयस्कहरूले कहिलेकाँही अनिद्राको अनुभव गर्छन् र १० जनामध्ये एक जना दीर्घकालीन अनिद्रा इन्सोमेनियाबाट पीडित हुन्छन्।

अनिद्रा आफैं पनि हुन सक्छ भने यो चिकित्सा वा मनोरोग अवस्थासँग सम्बन्धित पनि हुन सक्छ। छोटो अवधिको अनिद्रा एक रातदेखि केही हप्तासम्म रहन सक्छ। अनिद्रा तब विकराल बन्छ जब व्यक्तिलाई एक महिनासम्म हप्तामा कम्तीमा तीन रातसम्म अनिद्रा हुन्छ। अनिद्रा जागिर गुमाउनु वा परिवर्तन हुनु, प्रियजनको मृत्यु, अन्य रोग, चर्को प्रकाश, आवाज वा चरम तापक्रम जस्ता वातावरणीय कारणबाट हुन सक्छ।

तीन महिना वा त्योभन्दा लामो समयसम्म हप्तामा कम्तीमा तीन रात निन्द्रा लागेन भने त्यसलाई दीर्घकालीन अनिद्रा भनिन्छ। दीर्घकालीन अनिद्रा एन्जाइटी, डिप्रेसन, तनाव जस्ता कारणबाट हुन सक्छ। अनिद्राको एक सामान्य कारण भावनात्मक प्रतिक्रिया हो।

२.स्लिप एपनिया
स्लिप एपनिया भएको व्यक्तिलाई निद्रामा श्वास फेर्न असहज हुन्छ यसको कारणले गर्दा हाम्रो शरीरले प्रसस्त मात्रामा अक्सिजन पाउँदैन । उपचार नगरेको खण्डमा स्लिप एपनिया भएका व्यक्तिहरूले निद्रामा बारम्बार श्वास लिदैनन्।

स्लिप एपनिया दुई प्रकारका हुन्छन्, अब्सट्रक्टिभ स्लिप एपनिया र सेन्ट्रल स्लिप एपनिया।

अब्सट्रक्टिभ स्लिप एपनिया (ओएसए)
दुईमध्ये यो सामान्य समस्या हो। जब सुत्ने बेलामा घाँटीको पछाडिको नरम तन्तु खस्छ तब यो समस्या देखिन्छ। ओएसएका लक्षणहरूमा घुर्ने, दिउँसो निद्रा नलाग्ने, थकान, निद्राको बेला बेचैनी र ध्यान केन्द्रित गर्न समस्या पर्न सक्छ।

सेन्ट्रल स्लिप एपनिया (सिएसए)
यसमा श्वास नली अवरुद्ध हुँदैन तर मस्तिष्कले शरीरलाई श्वास फेर्न बताउन असफल हुन्छ। यो केन्द्रीय स्नायु प्रणालीको कार्यसँग सम्बन्धित भएकोले यसलाई सेन्ट्रल एपनिया भनिन्छ। प्रायः रातको समयमा निदाउन नसक्ने हुन्छन्।

३. रेस्टलेस लेग सिन्ड्रोम
रेस्टलेस लेग्स सिन्ड्रोम एक निद्रा विकार हो जुन सामान्यतया साँझमा हुन्छ। यसले निदाउन गाह्रो हुन्छ यो अवस्थामा खुट्टा चलाई राख्न मन लाग्ने हुन्छ। यो निद्रा, चिडचिडापन र एकाग्रताको समस्यासँग सम्बन्धित हुन्छ। प्रायजसो यो समस्या भएका व्यक्तिहरु असहज अनुभूतिलाई कम गर्न मद्दतको लागि वरिपरि हिँड्न र आफ्नो खुट्टा चलाई राख्न चाहन्छन्। रेस्टलेस लेग्स सिन्ड्रोम, जसलाई विलिस एकबोम रोग पनि भनिन्छ ।

४. नार्कोलेप्सी अर्थात् दिनको समयमा निद्रा लाग्ने अवस्था
दिनको समयमा अत्यधिक र अचानक निद्रा लाग्ने अवस्थालाई नार्कोलेप्सी भनिन्छ। यो एक न्युरोलोजिकल विकार हो जसले निद्रा र जागरणको नियन्त्रणमा असर गर्छ। नार्कोलेप्सी भएका व्यक्तिहरूले दिनको समयमा अत्यधिक निद्रा अनुभव गर्छन्। यसरी अचानक निद्रा लाग्ने कुनै पनि समयमा हुन सक्छ । नार्कोलेप्सी सामान्यतया १५ र २५ वर्षको बीचमा सुरु हुन्छ। धेरै अवस्थामा, नार्कोलेप्सी पत्ता लाग्दैन र उपचार गरिँदैन।

स्लिप डिसअर्डरको उपचार कसरी गरिन्छ ?
– परामर्श, केही निद्रा विशेषज्ञले संज्ञानात्मक व्यवहार थेरापी सिफारिस गर्छन्। यस्तो परामर्शले बिरामीलाई चुनौती र तनाव उत्पन्न गर्ने विचारहरू चिन्न र परिवर्तन गर्न मद्दत गर्छ।
– औषधि सेवन।
– तालिका बनाउने र सोही अनुसार सुत्ने बानीको बिकास गर्ने।
– नियमित व्यायाम गर्ने।
– सुत्ने समयमा प्रकाश कम गर्ने।
– तापक्रमको व्यवस्थापन गर्ने।
– सकारात्मक सोच राख्ने।
– सुत्ने कोठामा टेलिभिजन नहेर्ने, नखाने र मोबाइल चलाउने बानी त्याग्ने ।
– समय हेरेको हेर्‍यै गर्न छाड्ने।
– सकेसम्म दिउँसो नसुत्ने।
– धूमपान र मद्यपान सेवन नगर्ने।
– दिउँसो वा साँझमा सोडा र कफी जस्ता क्याफिनयुक्त पेयहरू नपिउने।
– सुत्ने समयमा अनावश्यक कुराहरुको बारेमा सोच्ने, तनाव लिने बानी हटाउने।
– यदि निद्राको कारण दैनिक कार्यमा बाधा पुग्न थालेको छ भने अस्पताल जाने र डाक्टरको परामर्श लिने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button