मनोरञ्जनसमाचारसूचना प्रविधि

वैज्ञानिकहरु समुद्रको अन्वेषण गर्न किन डराउछन् ?

Ocean and Space!

Gobal IME Bank

मंगल ग्रहलाई मानव जातीको घर बनाउन प्रयास गरिरहेका वैज्ञानिकहरु समुद्रमा जान भने  डराउछन् । हाल सम्म समुद्रको ५ प्रतिशत मात्र अन्वेषण गरिएको छ । समुद्र पृथ्वीको एक महत्वपुर्ण तत्व, भाग हो र पृथ्वीको परिस्थितिकीको लागि अत्यन्त महत्वपुर्ण हुन्छ । समुद्रमा मानव जाति निर्भर रहेको छ किनभने समुद्र मार्फत नै मानिसहरुका लागि अति आवश्यक वस्तुहरुको ढुवानी हुने गर्छ । समुद्र मार्फत सामानहरु ढुवानी गर्नु सुरक्षित र सस्तो हुने गर्छ  । समुद्रको ५ प्रतिशत सागर तल्ला मात्र नक्शामा डिटेलका साथ देखाइएको छ । अन्तरिक्षमा सयौँ घण्टा बिताएका वैज्ञानिकहरुका लागि समुद्र किन हाल सम्म पनि महत्वपुर्ण छ ?

पृथ्वीको ७५ प्रशित भागमा पानी छ र यसले मानवजातीहरुको जिवनयापनका लागि धेरै मद्दत मिलेको छ । समुद्रको ८० प्रतिशत भन्दा बढि भाग अहिले सम्म पनि अन्वेषण गरिएको छैन । विश्व भरीको मात्र  ७ प्रतिशत समुद्रि क्षेत्र मात्र समुद्रि संरक्षित क्षेत्रको रुपमा तोकिएको छ ।

पृथ्वीको सबै भन्दा धेरै भाग ओगटेको समुद्रलाई किन असुरक्षित मानिन्छ ?

१. समुद्रको चाप
सुमुद्र अन्वेषणको सबै भन्दा ठुलो चुनौती भौतिक विज्ञानसँग जोडिएको छ । समुद्रको गहिराईमा दृश्यता कम हुन्छ, त्यहाँ तापक्रम निकै चिसो हुन्छ भने चापको मात्रा पनि धेरै हुन्छ । केवल समुद्रको नजिक जाँदा हामीमाथि १५ पाउण्ड प्रति वर्गइन्चको चाप पर्दछ र गहिराइ बढ्दै जाँदा यो चापको मात्रा पनि बढ्छ । तिब्र चापका कारण समुद्र एक्सप्लोर गर्न निकै कठिनाई हुन्छ । यसको तुलनामा अन्तरिक्षमा शुन्य चाप हुने गर्छ यसकारण पनि वैज्ञानिकहरुका लागि अन्तरिक्षमा जानु समुद्रमा जानु भन्दा सजिलो हुने गर्छ ।

२. समुद्रि जिवको डर
समुद्रको सतहसम्म जान वैज्ञानिकहरु डराउनुको अर्को कारण समुद्रमा रहेका घातक सामुद्रिक जीवहरु हो । समुद्रभित्र अनेक खालका जीवहरु हुन्छन्, जबकि अन्तरीक्षमा यस्ता जीवहरुको डर हुँदैन । निकै सुन्दर र आर्कषक  देखिने जेलीफिस प्रजातिहरु समेत निकै घातक हुन्छन् र मानिसले छोइहालेमा पनि स्नायु प्रणालीमा घातक असर परेर ज्यान जाने गर्छ ।
अमेरिकाको नेसनल ओसन सर्भिसका अनुसार अष्ट्रेलियन बक्स जेलिफिस समुद्रमा पत्ता लगाइएको अहिलेसम्मकै सबैभन्दा खतरनाक समुद्रि जीव हो । यसका अलावा पफरफिस पनि निकै खतरनाक हुन्छ जसले मात्र ३० मिनेटमा मानिसको ज्यान लिन सक्छ । यो माछाको विषको उपचार अहिलेसम्म पनि भेटिएको छैन ।

३. बर्मुडा त्रिकोण
आन्ध्र महासागरमा रहेको बर्मुडा त्रिकोण क्षेत्रमा आकाशमा उडिरहेका हवाईजहाजहरु समेत खसेर बेपत्ता भएको र पानी जहाजहरुलाई पनि त्यस क्षेत्रले निलेको घट्नाहरु छन् । यो त्रिकोणीय क्षेत्रमा अत्यधिक गुरुत्वाकर्षण बल रहेको कारण यस क्षेत्र नजिक जाने सबै चिजलाई पानीभित्र तान्ने गर्छ भनिन्छ । त्यसैले यसलाई पृथ्वीको ‘ब्लाकहोल’ पनि भनिन्छ ।

उक्त क्षेत्रको माथिआकाशमा उडिरहेका अमेरिकी बमवर्षक विमानहरु समेत त्यहाँ खसेर बेपत्ता भएको बताइन्छ । यस्ता दुर्घट्ना पछि उक्त क्षेत्रलाई डेभिल्स त्रिकोण भन्न थालियो । सामुद्रि अनुसन्धान गर्ने विज्ञहरुले समुद्रहरुमा यस्तै अन्य ठाउँहरु पनि हुनसक्ने आशंका गरेका छन् ।

४. समुद्रमा रहेका अवशेषहरु
केही दिनअघि मात्रै आन्ध्रमहासागरमा पनडुब्बी विस्फोट भएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो । उक्त पनडुब्बी टाइटानिक जहाजको अवशेष हेर्न गएको थियो । समुद्रमा हजारौँ वर्षदेखि यसप्रकारका जहाजहरु दुर्घटना भइरहेका छन् यसप्रकारको घट्ना लाखौँको संख्यामा भएको हुनसक्छ । त्यसैले समुद्रको सतहमा दुर्घटनाग्रस्त जहाजहरु तथा त्यसमा रहेका सामानहरुको अवशेष थुप्रिएको छ ।

अन्तरसरकारी सामुद्रिक आयोगले दिएको जानकारी अनुसार समुद्रको पिँधमा हालसम्म ३० लाख भन्दा धेरै जहाजको अवशेष थुप्रिएको छ । यो आफैमा खतरनाक हो । यसमा फसेर प्राविधिक रुपमा अब्बल जहाजहरु पनि दुर्घटनाग्रस्त हुन सक्ने सम्भावना हुन्छ ।

५. टेक्नोलाजी
समुद्रको सतहमा अध्याँरो हुन्छ र कुनै पनि माध्यमबाट लाइटलाई समुद्रको लान सम्भव हुदैन । यदि हामीलाई समुद्रको सतहको अध्ययन गर्नु छ भने त्यस सतहमा कुनै उपकरण पठाउनु पर्छ जसमा निकै मजबुत सेन्सर हुनु पर्छ किन भने समुद्रको सतहको पानीमा चाप धेरै हुन्छ । समुद्रको सतहको पानीमा यति धेरै चाप हुन्छ कि यदि कसैले हामीलाई त्यस पानीमा लगेर छोडिदियो भने हाम्रो शरीरको हड्डि चकनाचुर हुन्छ । यस्तो अवस्थामा कुनै मेसिनलाई सम्हाल्ने कुरा असम्भव जस्तै हुन्छ । समुद्रको पानी नुनिलो हुन्छ जसको कारण रिसर्चका लागि पठाएको उपकरणमा खिया चाडै लाग्छ त्यसैले पनि समुद्र अन्वेषण एक कठिन कार्य हो ।

समुद्रमुनि जान डराउनुका अन्य कारणहरु पनि छन्, जस्तैः

उसो त समुद्रमा जमिनको तुलनामा चट्यांग पर्ने खतरा कम हुन्छ । तर यदि समुद्रमा चट्यांग परिहाल्यो भने त्यो निकै खतरनाक र घातक हुन्छ । पानीले सुचालकको काम गर्दछ र चट्यांगमा पर्ने बिजुली पानीमा प्रसार भएर आसपासका हरेक जीवलाई करेन्ट लाग्छ र ज्यान जाने सम्भावना हुन्छ ।

समुद्रको पानीमा विभिन्न प्रकारका ब्याक्टेरिया पनि हुन्छन् जसमा कतिपय ब्याक्टेरियाले मासु खान्छन् । समुद्रको पानीसँग सम्पर्कमा आएका मानिसहरु पछि विभिन्न ब्याक्टेरियाको आक्रमणको सिकार भएका घटनाहरु सार्वजनिक पनि हुने गरेका छन् ।

समुद्रभित्र लगातार आँधी चलिरहेको हुन्छ । गहिरो सतहको पानीमा भैरहने हलचल बाहिरबाट अनुमान गर्न सकिँदैन । समुद्रमा बाहिर देखिने आँधीबेहेरी यसको केवल सानो हिस्सा मात्र हो ।

समुद्रमा सार्क, ह्वेल तथा अन्य खतरनाक तथा हिंश्रक जीवहरुको हुने कारण पनी समुद्र अन्वेषण अत्यधिक खतरानाक र जोखिमपुर्ण भएको हो । -Rabina Mangranti

अरू पनि पढ्नुहोस्

धेरै आभिभावकहरुमा बच्चाहरुलाई के को तनाव हुन्छ र ? भन्ने सोच हुन्छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button