अन्यगुड न्यूज 24समाचार

भोलिबाट सुरु हुने एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनिक

Volleyball League

Gobal IME Bank

काठमाडौँ– भोलिबाट सुरु हुने एनभीए राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघले सातौँ संस्करणको प्रतियोगितामा पुरुष तर्फ ७ तथा महिला तर्फ ६ टिम समावेश गरी तालिका सार्वजनिक गरेको हो ।

संघका अनुसार शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र शैलुङ बागढुंगा क्लब रामेछाप भिड्नेछन् ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबसँगै न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी, पुरुषमा हेल्प नेपाल, त्रिभुवन आर्मी, एपीएफ क्लब, पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button