Sunday , 6 December 2020

हालसम्म १ लाख बढीले जिते कोरोना-Goodnews24

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमण मुक्त हुनु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ । उहाँहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६०५ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

यो पनि पढ्नुहोस् ..

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

ट्राफिक लाइट बेवास्ता गर्नेले पनि कक्षा लिनुपर्ने-GoodNews24

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा …

error:

Powered by Youth Circle