Grace Computer Jawalakhel
अन्यसमाचार

चम्किलो ढुंगा परीक्षणका लागि खानी विभागको टोली गोरखामा

Gorkha

गोरखा। जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा पुगेको छ ।

जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे परीक्षणका लागि सोमबार जिल्ला आइपुगेका हुन् । आज ९मंगलबार०बाट परीक्षणको काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए। ‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन भनेर हामीले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेका थियौं,’ उनले भने, ‘तर विभागमै ल्याएर परीक्षण गर्न भनेपछि समस्या भएको थियो ।’

विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गर्न आग्रह गरेपछि विभागले आवश्यक उपकरणसहित विज्ञ टोली पठाएको हो ।

गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको थियो । ५४ किलो वजनको उक्त ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त ढुंगा बहुमूल्य भए पनि परीक्षण नगरी यकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘हामीले केही भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा हो तर कुन गुणस्तरको भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले बताए ।

यसअघि परीक्षणका लागि उक्त ढुंगा बाहिर लैजाने चर्चा चलेको थियो । तर स्थानीयले विरोध गरेपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण गर्न लागिएको हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button