अन्यसमाचार

इंग्ल्यान्डका ब्रोडलाई अष्ट्रेलियाको ‘गार्ड अफ अनर’

Stuar Board honoured by Australia

Gobal IME Bank

काठमाडौँ। इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीका बलर स्टुवार्ड ब्रोडलाई अष्ट्रेलियाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । ब्रोड विश्व टेष्टमा सर्वाधिक तीव्रगतिका दोस्रो खेलाडी हुन् ।

पाँचौँ तथा अन्तिम टेष्ट खेलिरहेका ब्रोडलाई हिजो अस्ट्रेलियन टोलीले गार्ड अफ अनरद्वारा सम्मान गरि बिदाई गरेको हो ।

विश्व टेष्टमा तीव्र गतिका पहिलो खेलाडी जिमी एन्डरसनसहित मैदानमा प्रवेश गरेका ब्रोडलाई मैदानमा भरिएका दर्शकले समेत हात हल्लाउँदै बिदाइ गरेका थिए ।

पाँचौ एसेज घरेलु मैदान ओभलमा चलिरहेको छ । अन्तिम टेष्ट खेलमा ब्रोडले आठ रन बनाएका थिए । ३७ वर्षीय ब्रोडले पाँचौ टेष्टपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरेका छन् ।

ब्रोडले शृङ्खलामा २० विकेट लिएका छन्, जुन इंल्याण्डका खेलाडीको भन्दा धेरै विकेट हो । अस्ट्रेलियाविरुद्धको कीर्तिमानी १५१ टेस्ट विकेट लिएर उनी एसेज क्रिकेटमा इङ्ल्यान्डका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

सन् २०११ र २०१४ बीच टी–२० टोलीको नेतृत्व गरेका बोर्डले सन् २०१६ देखि भने टेस्ट खेल मात्र खेलेका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्धको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button