गुड न्यूज 24मुख्य समाचारसमाचार

पर्यटनमन्त्री किरातीको नौलो अभ्यास, सहयोग पेटिकाको स्थापनासंगै हालसम्म रु तीन लाख जम्मा

उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने

Gobal IME Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफुले कार्यभार सम्हालेसंगै नौलो अभ्यास अप्नाएर सबैलाई चकित पार्नुभएको छ ।

उहाँले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरेसंगै र सो को सट्टा आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा पनि कार्यभार सम्हालेको दिनमा गर्नुभयो । मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित रु तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिनुभयो ।

उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताउनुभयो । यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिनुभयो । देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उहाँले सुझावसमेत माग गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button