गुड न्यूज 24मुख्य समाचारसमाचार

फरक रूपमा सक्षम ‘सुजल’, ‘सुन्न र बोल्न नपाएकोमा मलाई कुनै चिन्ता छैन, म खुसी छु’

Gobal IME Bank

प्रेरणादायी । फरक रूपमा सक्षम उहाँ हुनुहुन्छ नेपाली टिकटक कलाकार ‘सुजल बम’ । उहाँ बोल्न र सुन्न सक्नुहुन्न, तर पनि म्युजिक भिडियोमा अभिनय गर्नुहुन्छ । उहाँलाई बोल्न र सुन्नको लागि उहाँको बुबाले मद्दत गर्नुहुन्छ । बम भन्नुहुन्छ, ‘सुन्न र बोल्न नपाएकोमा मलाई कुनै चिन्ता छैन, म खुसी छु, सामाजिक सञ्जालले मलाई सबैका अगाडि चिनिने अवसर दिएको छ ।’

उहाँ विभिन्न कलाकारहरूसँग भेट्नुहुन्छ र कलाकारहरुसंग टिकटकको लागि भिडियो खिच्नुहुन्छ । उहाँको टिकटकमा पाँच लाख ६३ हजार ६ सय फलोअर्स हुनुहुन्छ । उहाँको हालसम्म टिकटकमा २ करोड ५५ लाख लाईक आइसकेको छ ।

उहाँ २०१९ मिस एसईई पनि हुनुहुन्छ । उहाँ वास्तवमै फरक रुपमा क्षमतावान व्यक्तिहरुको मात्रै प्रेरणाको स्रोत नभई हरेका व्यक्तिहरुको लागि उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । आफ्नो अवस्थालाई समस्याको रुपमा नलिई अवसरको रुपमा लिए जीवनमा प्रगतिको बाटो पहिल्याउन सकिन्छ भन्ने कुराको ज्ञात उहाँले गराउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button