Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

एजेन्सी । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर ‘हिट वेभ’ जारी छ। यो तराईका जिल्लामा झन् बढ्दो रुपमा छ। तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा समेत असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन्। तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ।

तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।

यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ ?

तातो हावाको लहरको कारण मानिसको मृत्यसम्म हुन सक्ने जोखिम भएकाले सावधानी अपनाउनु जरुरी छ। तातो हावा हिट बेभका कारण चिलाउने, साना बिमिरा आउने समस्या हुनसक्छ। त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्छ । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ। रक्तचाप घट्ने लगायतका लक्षण पनि देखिन सक्छ ।

काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ ‘निर्जलीकरण’ हुनसक्ने जोखिम हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ।
हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने जोखिम हुन्छ ।

हिट वेभबाट बच्नका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो। प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ। बिहानको ११ बजे देखि ३ बजे सम्म सके सम्म सितल हुने ठाँउमा बस्ने ।

सितल हुनका लागि चिसो पेय पदार्थ र खानेकुराहरुको सेवन गर्ने र मद्यपान र क्याफिनयुक्त खानेकुराबाट टाढा रहने । चिसो पानीमा नुहाएर र बेला बेलामा चिसो पानीले छाला भिजाउने वा कपडा भिजाएर पनि आफ्नो शरीरलाई सितल महसुस गराउन मद्दत मिल्छ । कोठालाई सितर बनाउनका लागि फ्यानको प्रयोग पनि गर्न सकिन्छ ।

हिट वेभको समयमा ज्यादा व्यायाम पनि नगर्ने । बाहिर गर्मी धेरै छ भने आफ्नो कोठाको पर्दाहरु दिउँसोको समय लगाएर राख्ने र बेलुका सितल हुन थाले पछि खोल्न सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button