अन्यसमाचार

गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

Aquatic Championship

काठमाडौँ। नेपाली ओलम्पिक पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा आयोजना भइरहेको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

बुधबार भएको महिला ५० मिटर ब्याक स्ट्रोकमा उनले ३१ दशमलव ४४ सेकेण्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका छन् ।

यसअघि यो किर्तिमान गौरिकाकै नाममा ३१ दशमलव ८७ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो ।

१३औं सागमा ४ स्वर्ण पदक जितेकी गौरिकाले यसअघि वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा १०० मिटर ब्याक स्ट्रोकमा पनि आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यस्तै महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामाले व्यक्तिगत समयमा सुधार गरिन् । उनले २ मिनेट १२ दशमलव ४६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै २ मिनेटमा १२ दशमलव ७६ सेकेण्डको समयमा सुधार गरेकी हुन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Chocofun

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button