अन्यसमाचार

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा

Sports

Gobal IME Bank

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल ९मौसम०, ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम आदि छन् ।

प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए । प्रतियोगिता आगामी कात्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोली सहभागी हुनेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button