समाचार

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात – GoodNews24

Gobal IME Bank

चौतारा । तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड –१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरु भएको नोबेल कोरोना भाइरस संक्रमण भएपछि गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो । माघ १५ गते नाकामा स्वास्थ्य सहायता कक्ष राखिए पनि भरपर्दो नभएको भनी जनगुनासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो । हाल एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।
ती सामान पहिले नै चीनको खासामा आएर रोकिएको थियो । अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने अध्यक्ष पौडेलले बताउनुभयो । झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटनाशक औषधि छर्कनाका साथै संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताउनुभयो ।

 

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button