समाचार

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने-GoodNews24

Gobal IME Bank

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हाँै।” यस ट्याक्सीमा ह्विलचेयर सहित चढ्न सकिने महर्जनको भनाइ छ ।

सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगी समेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफँैले तिर्ने बताइएको छ ।

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।” उहाँका अनुसार सम्झौतापत्रमा प्रमुख महर्र्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button