समाचारसूचना प्रविधि

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

Ticket Price!

Gobal IME Bank

हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा पनि घटाएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गरेर हवाई भाडा घटाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको छ। घटेको हवाई भाडा मंगलबारदेखि लागू हुने प्राधिकरणले जानकारी दिएको छ ।

नयाँ भाडादर अनुसार, यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ८५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिकिलो लिटर ११५ अमेरिकी डलर ९प्रतिलिटर करिब १५ रुपैयाँ०ले घटाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button