एक जनाको आँखाबाट ४ जनालाई दृष्टि दिने प्रविधि

एक व्यक्तिको आँखाको नानी निकालेर चार जनालाई दृष्टि दिन सकिने प्रविधि तिलगंगा आँखा प्रतिष्ठानमा पनि भित्रिएको छ। अन्तर्राष्ट्रियस्तरको प्रविधि‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ १० महिनाअघि भित्रिएको प्रतिष्ठानका आई बैंक व्यवस्थापक शंख नारायण त्वाय्नाले बताए।य स प्रविधिको प्रयोग बाट एकै जनाको आखाको नानि बाट ४ जनालाई देख्न सक्ने बनाउन सकिन्छ । ‘यो प्रविधि भित्र्याउनअघि भने एक व्यक्तिको आँखाले दुई जनालाई मात्रै प्रत्यारोपण गर्न सम्भव थियो ।
त्वाय्नाकाअनुसार यो प्रविधिबाट आँखाको नानीको कुन भागमा समस्या भएको त्यहि मात्र पहिल्याएर, सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिन्छ।‘नानीका पाँच तह हुन्छन्। उक्त प्रविधिबाट कुन तहमा समस्या भएको हो,सोही पत्रमा मात्र प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जनालाई प्रत्यारोपण गर्न संभव भएको हो’,
यो प्रविधिबाट हालसम्म ६० जनाको आखाको उपचार भैसकेको छ । प्रविधि भित्रिसके पश्चात १५ जना व्यक्तिबाट ३० वटा आँखा संकलन गरेर ६० जनालाई प्रत्यारोपण गरिएको छ । अहिले प्रविधि भित्रिए पनि नानी प्रत्यारोपणको लागि तालिम प्राप्त चिकित्सकको अभाव , प्रत्यारोपणमा आवश्यक साधनको कमिका कारण सोचे जति प्रत्यारोपण गर्न सकिएको छैन। अहिले अस्पतालमा आँखा प्रत्यारोपण गराउनसक्ने चिकित्सक १२ जना मात्रै भएकाले पनि धेरै आखाका बिरामीलाई यो सेवा दिन सकिएको छैन।
यसकारण प्रत्यारोपणलाई अझै शशक्त रुपमा लैजान प्रत्येक प्रदेशमा आँखा संकलन केन्द्र बनाउने, आँखा प्रत्यारोपण गर्नसक्ने चिकित्सक उपलब्ध गराउने, तालिम गराउन ‘रिकभरि सेन्टर’को संचालन लगायतका योजना बनाइएको छ ।
हालसम्म कति आँखा प्रत्यारोपण ?
२०५१ मा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। यो २५ वर्षभित्र करिब १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका छन्। उक्त प्रविधि नाभित्रिदा नेपालमै आँखा नानी निकालेर प्रत्यारोपण गर्नुअघि विदेशबाट दानस्वरुप लेराइएका नानी प्रत्यारोपण गरिन्थ्यो। हालसम्म बाहिरबाट ४ सय ७३ वटा आँखा नानि ल्याइएको प्रतिष्ठानको आँखा बैंकको तथ्यांकमा उल्लेख छ। बाहिरबाट आँखा ल्याएर प्रत्यारोपण गर्न निकै गाह्रो थियो’,‘त्यस समयमा धेरै दिन लगाएर ल्याइएका कतिपय आँखा बिग्रिसकेका हुन्थे।आँखा प्रत्यारोपण निःशूल्क सेवा हो यसको किनबेच हुँदैन।‘मृत्यु भएपछि डढेर जाने आँखा दान गरेमा कसैलाई नयाँ जीवन दिन सकिन्छ भन्ने सोच नेपालमा ब्यापक हुदै गएको छ।
८० हजारले गरे आँखा दान
आफ्नो मृत्युपछि आँखा दान गर्नेहरुको संख्या बढिरहेको छ ,यस्तो इच्छा राखेर आखा दानको लागि हस्ताक्षर गर्नेको संख्या करिब ८० हजार पुगेको आँखा बैंकको तथ्याकंले जनाउछ ।तर, इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको आँखा निकाल्न संभव नहुने बैंकका व्यवस्थापक त्वाय्नाले बताए। उनले भने ‘आँखा दान गर्छु भनेर हस्ताक्षर दिने कतिपय दुर्गम स्थानमा हुनुहुन्छ, कतिपयको कुन अवस्थामा मृत्यु हुन्छ, सबैको जानकारी हामीसम्म आउँदैन, जसकारण सबैको आँखा दान गर्ने सबैको आँखा संकलन संभव हुँदैन।
कहाँ–कहाँ हुन्छ आँखा संकलन ?
काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, पशुपती आर्यघाट र विद्युत् शवदाह गृहमा आँखा संकलन हुने गरेको छ ।नेपालमा सबैभन्दा बढी नानी संकलन काठमाडौंमा हुने आई बैंकका व्यवस्थापक त्वाय्नाले बताए। प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौं उपत्यकामा भएको छ।
काठमाडौंबाहिर काकडभित्ता, मेचि आँखा अस्पताल विर्तामोड, मेची नेत्रालय, गेटा आँखा अस्पताल कैलालीमा, विराटनगर आँखा अस्पताल, हेटौडा आँखा अस्पताल, लाहान आँखा अस्पताल, हिमालयन आँखा अस्पताल पोखरामा संकलन हुने गरेको छ। ‘तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकमा १४ दिनसम्म आँखा संकलन गर्नसक्ने क्षमता छ। तर, आँखाको माग धेरै भएकाले संकलन गरिएका आँखा ७ दिनभन्दा बढी रहँदैन’, उनले भने।
जुनसुकै व्यक्तिले पनि आँखा दान गर्न मिल्छ ।मानिसको अंगमध्ये नङ, कपाल र आँखा नानीमा रक्तसंचार हुँदैन। आँखा नानीमा रक्तसंचार नहुने हुँदा जुनसुकै व्यक्तले पनि आँखा दान गर्न मिल्ने त्वाय्नाले बताए। ‘आँखा प्रत्यारोपणमा जुन व्यक्तिलाई जसको आँखा पनि मिल्छ’ उनले भने। नेपालमा अन्तर्राष्ट्रियस्तरमा आँखा नानीको प्रत्यारोपण हुन्छ।