मुख्य समाचारसमाचार
उम्मेदवारी खारेजीविरुद्ध अदालत पुगिन् डा. तोसिमा, भन्छिन् – ‘बाहिर शक्तिको प्रभाव’
काठमाडौं । ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय शनिबार बसेको बैठकले गरेको थियो । सार्वजनिक लाभको पद रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि कार्की अदालत गएकी हुन्।
उनले आफूले सार्वजनिक पद त्यागीसकेको दाबी गरेकी छन्। उनले निर्वाचन अयोगको निर्णय शंकास्पद रहेको र बाहिर शक्तिको प्रभाव परेको पनि बताएकी छिन् ।
उनको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्ने बताईएको छ ।