अन्यसमाचार

बेलायती प्रधानमन्त्री जोनसन र स्वास्थ्यमन्त्री ह्यानकक पनि सङ्क्रमित भएको पुष्टि -GoodNews24

Gobal IME Bank

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी एक वक्तव्यमा भनिएको छ, “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उहाँको जाँच गरिएको र परीक्षणबाट कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपनि विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोभिड–१९ विरूद्धको सङ्घर्षलाई जोनसनले नै नेतृत्व दिने वक्तव्यमा जनाइएको छ ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ’एकसाथ भाइरसलाई परास्त गर्ने’ बताउनु भएको छ । उहाँको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका बताइएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्री ह्यानककलाई पनि सङ्क्रमण भएको पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ । उहाँले पनि आफ्नै किसिमले एकान्तमा बस्ने र उपचार गराउने बुझिएको छ ।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button