अन्यमुख्य समाचारसमाचार

रुखका बारेमा अचम्मका कुरा, जुन हामी धेरैलाई थाहा छैन

Gobal IME Bank

एजेन्सी । हाम्रो जीवनमा रुखको विशेष महत्व छ । रुख बिना हामी स्वस्थ रहन सक्दैनौं । त्यसैले सबैले घरमा एउटा मात्र भएपनि रुख लगाउनुपर्छ । रुखले हामीलाई प्राणवायु अक्सिजन प्रदान गर्छ । रुखसम्बन्धी केही आश्चर्यजनक तथ्यहरू छन् जुन हामी मध्ये धेरैलाई थाहा छैन।

  • रुख यस धर्तीका सबभन्दा पुराना प्राणी हुन् र रुख बूढो भएर मर्ने कहिलेपनि हुँदैन । मान्छेले काटेर वा हावाहुरीले ढालेर मात्र रुख मर्छ ।
  • धर्तीमा मनुष्यको विकास भएदेखि अहिलेसम्म करिब तीन लाख करोड जति रुख काटिएका छन् । यो हिसाबमा हेर्दा हरेक दुई सेकेन्डमा एउटा फूटबल मैदानबराबरको जंगल फँडानी भइरहेको छ ।
  • हरेक वर्ष जुन तीव्रताका साथ रुख रोपिन्छ, त्यसभन्दा दुईगुणा बढी तीव्रताका साथ रुख काटिने गरिन्छन् ।संसारभरि हरेक वर्ष १० अर्ब रुख काटिन्छन् । एउटा रुखले एक वर्षमा लगभग २१.७ किलो कार्बनडाइअक्साइड ग्रहण गर्छ । एउटा रुखले दिनमा चारजना व्यक्तिले जीवन पाउने अक्सिजन निकाल्न सक्छ ।
  • धर्तीमा विद्यमान रुखको संख्या तारा भन्दा बढी अनि मानव दिमागको कोशिकाभन्दा बढी छ । धर्तीमा करीब ३० देखि ४० खर्ब रुख छन् तर तिनको तीव्र गतिमा विनाश भइरहेको छ । विश्वभरको देश मध्येमा सबैभन्दा बढी रुख रुसमा छ । रुसमा करीब ६४१ अर्ब रुख छन् यो देशको ४५ प्रतिशत भाग जंगलले भरिएको छ ।
  • रुख लगातार एउटा पंक्तिमा हुँदा धूलोहिलोको स्तर ७५ प्रतिशतसम्म कम गरिदिन्छ र ध्वनिप्रदूषणलाई पनि ५० प्रतिशतले कम गरिदिन्छ ।
  • एउटा रुखले १० वटा कोठामा २० घण्टा सम्म चल्ने एसीबाट निस्कनेजति चिसो हावा निकाल्छ । रुखहरू भएको ठाउँको तापक्रम अन्य स्थानभन्दा नौ डिग्री बढी चिसो हुन्छ । रुखले जम्मा १० प्रतिशत खुराक माटोबाट लिन्छन् भने ९० प्रतिशत हावाबाट । एउटा रुखले एक वर्षमा धर्तीबाट लगभग दुई हजार लिटर पानी सोस्ने गर्छ ।
  • संसारको २० प्रतिशत अक्सिजन अमेजनको जंगलले उत्पन्न गर्छन् । यी जंगलहरू आठ करोड १५ लाख एकड क्षेत्रमा फैलिएका छन् । मान्छेजस्तै रुखलाई पनि क्यान्सर लाग्छ र यसो हुँदा उनीहरू कम अक्सिजन दिन थाल्छन् ।
  • रुखले जलवायू परिवर्तनलाई कम गर्न सक्छ । एउटा परिपक्व रुखले ४८ पाउन्ड कार्बनडाइअक्साइड सोस्न सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button