मनोरञ्जनमुख्य समाचारसमाचार

आजको खेलमा सन्दीप लामिछाने पनि मैदानमा देखिने

Gobal IME Bank

काठमाडौं । आजबाट क्रिकेटर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा जोडिँदै छन् ।

हिजो मात्रै युएई गएका लामिछानेले आजबाट युएई विरुद्धको नेपालले खेल्ने खेलमा समावेश भएका हुन् । विदेश जान उनी माथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि उनी हिजो युएई गएका थिए ।

सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् ।

यस खेलमा विजयी हाँसिल गर्ने टोलीले २०२४ मा श्रीलंकामा हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ लिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button