Grace Computer Jawalakhel
अन्यसमाचार

वास्तु अनुसार तुलसीको बोट नजिक यी वस्तु राख्नु हुदैन

Vaastu

काठमाडौँ। हिन्दु धर्म अनुसार को बोटमा लक्ष्मीको बास हुन्छ, तुलसीलाई दैनिक जल चढाउनु निकै शुभ हुने मानिन्छ । वास्तुशास्त्रमा पनि तुलसीको धेरै महत्व छ ।

घरमा तुलसीको विरुवा रोप्दा समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ तर, तुलसीसँग सम्बन्धित केही वास्तु नियमहरु पालना नगर्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यि केहि वस्तुहरु तुलसीको बोट नजिक राख्नु हुदैन

तुलसीको बोटलाई पवित्र मानिन्छ त्यसैले, जहाँ यो विरुवा राखिएको छ स्थान वरिपरी सफा गर्नुहोस् । तुलसीको बोटको छेउमा कुनै किसिमको फोहोर राख्नु हुँदैन ।

वास्तुशास्त्र अनुसार तुलसीको विरुवाको छेउमा कुखुरा राख्नु हुँदैन । घरको सरसफाईमा प्रयोग गरिने झाडु तुलसीको नजिक राख्नु हुँदैन । यदी त्यसो गरेमा घरमा गरिबी आउने विश्वास गरिन्छ ।

मानिसहरुले तुलसीको बोटको छेउमा जुत्ता राख्छन् वा बाहिरबाट आएपछि नजिकै चप्पल निकाल्छन् तर यो पटक्कै गर्नु हुँदैन तुलसीलाई पवित्र वनस्पति मानिन्छ र यसलाई पुज्ने गरिन्छ । त्यसैले तुलसी नजिक जुत्ता र चप्पल राख्नु हुदैन ।

वास्तुअनुसार घरमा काँडे विरुवा लगाउनु शुभ मानिदैन तर, गुलाफ भने रोप्न सक्नुहुन्छ । वास्तुका अनुसार तुलसीको विरुवाको नजिक गुलाबको विरुवा नराख्दा नै राम्रो हुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button