शिक्षा स्वास्थसमाचार

श्रावण: शिवको महिना

Lord Shiva

Gobal IME Bank

पौराणिक मान्यता अनुसार श्रावण महिना देवताहरूका पनि देवता महादेव अर्थात् शिव भगवानको महिनाको रुपमा लिइन्छ । सती देवीले हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रुपमा दोस्रो जन्म लिनु भयो र देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै पवित्र श्रावण महिनामा श्रद्धा एवं भक्तिले निराहार रही कठोर तपस्या गर्नु भयो । भगवान् शिवजी पार्वतीको तपस्याबाट खुसी हुनु भयो र महादेव र पार्वतीको विवाह भयो। यसरी शिवशक्तिको पुनर्मिलन भएको थियो यसै कारणले शिवजीलाई श्रावण महिना अविस्मरणीय र अति प्रिय हुन गएको पौराणिक मान्यता छ ।

हाम्रो सनातन संस्कृतिमा आउने हरेक महिनाको चाडपर्व एवं तिथि मितिको अर्थ महत्त्वपूर्ण भएपनि साउनको महिना अरु महिनाको भन्दा भिन्न छ । साउन महिनामा धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, सोमबारका दिन ब्रत बस्ने गरिन्छ । श्रावणमास भरि भक्त भक्ति र भावपूर्ण तरिकाले तन मन र वचनले शिवजीको आराधना गर्दा शिव भगवानको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेकाले धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना मानिन्छ ।

आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउनभरी भगवान् शिवजीको पूजा आरधना गरि व्रत बस्ने चलन छ भने विवाहितहरुले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामना गर्दै भोलेबाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमीजोडी, किसानी एवं जागिरेहरूमा श्रावण मासमा शिवजीको व्रत,जप,तप,रुद्री,पाठ,अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button