शिक्षा स्वास्थसमाचार

महिलाहरुमा लुकेको रोग ‘प्रोल्याप्स’ – आङ खस्ने रोग र रोकथाम

Gobal IME Bank

एजेन्सी । प्रोल्याप्स धेरैजसो महिलाहरुमा हुने आङ खस्ने समस्या हो । महिलाहरुमा पाठेघर, पिसाबको थैली र दिशाको आन्द्रा पनि सँगै खस्ने समस्या देखिन्छ । धेरैजसो महिलाहरुलाई बच्चा जन्मिसकेपछि देखिन्छ । बच्चा गर्भवती नभएको महिलाहरुमा र किशारीहरुमा पनि यो समस्या देखिएको छ । नेपालमा यो समस्या जनस्वास्थ्यको समस्याकै रुपमा देखिएको छ ।

धेरै महिलाहरुमा यो समस्या देखिएकोले सरकारले पनि यसलाई प्राथमितामा राखेको छ । तर प्रभावकारी काम भने हुन सकेको छैन । यो समस्या दक्षिण एसियामै धेरै महिलाहरुमा देखिएको समस्या हो ।

नेपालमा प्रोल्याप्सको समस्या कस्तो छ ?

प्रोल्याप्स नेपालको एक विकराल समस्याको रुपमा रहेको छ । नेपालको कतिपय जिल्लाहरु जस्तै सिराहा र सप्तरीमा१५ देखि ४५ वर्ष उमेरका महिलाहरुमा ४० देखि ५० प्रतिशत आङ खस्ने समस्या छ । यो समस्या छ भनेर सरकारले स्वीकार त गरेको छ तर, यो समस्याको जति समाधान र जनचेतनामुलक कार्यक्रम भने गरिएको छैन ।

प्रोल्याप्सको समस्या हुँदा कस्ता समस्याहरु आउँछन् ?

प्रोल्याप्सको समस्या विशेषगरी ३ किसिमको हुन्छ ।

पिसाबसँग सम्बन्धित पिसाब नरोकिने, पिसाब लाग्ने, खोक्दा पिसाब चुहिने र केही झरिरहेकोे जस्तो महसुस हुने हुन्छ ।

दिशासँग सम्बन्धित दिशा रोक्न नसक्ने र कहिलेकाही कपडामै दिशा हुनेजस्ता समस्या हुन्छन् ।

पाठेघर तल झर्ने, रगत बग्ने, अल्सर हुने, अल्सरले पछि क्यान्सरको सम्भावना देखिने,

लामो समयसम्म पाठेघर र पिसाब थैली बाहिर रहँदा त्यसले किड्नीमा पनि समस्या देखिने हुन्छ ।

महिलाहरुमा हुने यो समस्या महिलाहरु आफै जनचेतनाको अभावले र अप्ठेरो महसुस हुने कारण यो समस्या लुकाउने गर्छन् । नेपााली समाजमा रहेका महिलाहरु महिला स्वास्थ्यबारे खुलेर कुरा गर्न हिचकिचाउन् र उनीहरुमा प्रोल्याप्स सम्बन्धि पर्याप्त मात्रामा जनचेतना छैन यसका जोखिम र गम्भिरताबारे उनीहरुमा जानकारी छैन। अहिले भने सरकारले यसलाई प्राथमिकता दिएको छ ।

यो रोगका उपचारहरु के के हुन ? यसको उपचारको चार चरण हुन्छन् र यी चरणलाई दुई भागमा बाँडेर उपचार गरिन्छ । पहिलो र दोस्रो चरण रहनसहन, तेस्रो र चौथो चरणमा शल्यक्रिया गरिन्छ।

पहिलो र दोस्रो चरणमाः भारी काम नगर्ने, चुरोट नखाने, मोटोपन हुनबाट जोगिने, धेरै बच्चाहरु नजन्माउने, सानो उमेरमा बच्चा नजन्माउने, बच्चा जन्माउने बेलामा डाक्टरसँग राम्रोसँग चेकजाँच गर्ने र सल्लाह लिने ।

तेस्रो र चौथो चरणमाः यो चरणमा महिलाहरुको योनीमा चुरा लगाइन्छ अथवा शल्यक्रिया गरिन्छ । साथै रहनसहनमा पनि ज्यादा ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । प्रोल्याप्सले असर गर्ने अंगहरु पाठेघर पिसाब थैली सानो आन्द्रा र ठूलो आन्द्रा किड्नी आदि हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button