समाचारसूचना प्रविधि

विश्वमै पहिलो पासवर्ड कहिले अनि किन बनाइएको थियो होला ?

Gobal IME Bank

एजेन्सी । पासवर्ड हाम्रो लागि नयाँ कुरा होइन शताब्धि देखि नै पासवर्डको प्रयोग हुँदै आएको छ । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । हामी आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, पैसा तथा धन सम्पत्ति राख्ने लकरदेखि सामाजिक सञ्जाल तथा बैंकिङ अकाउन्टमा समेत पासवर्ड राखिरहेका हुन्छौं । तर के तपाईंलाई थाहा छ विश्वमै पहिलो पासवर्ड कहिले र कसले बनाएको थियो ? आखिर त्यसको आवश्यकता किन पर्‍यो होला ?

विश्वकै पहिलो डिजिटल पासवर्ड एमआईटीका कम्प्युटर साइन्सका प्रोफेसर फर्नान्डो कोर्बाटोले सन् १९६० मा बनाएका थिए । त्यसपछि पासवर्ड लोकप्रिय भयो र विस्तारै सबै स्थानमा यसको प्रयोग हुन हुँदै गयो ।

वास्तवमा प्रोफेसर कोर्बाटोले इन्स्टिच्युटका अन्य शोधकर्ताहरूसँग मिलेर एक कम्प्युटर अपरेटिङ सिस्टम बनाएका थिए, जसमा सबै काम गर्न चाहन्थे । हरेकले कम्प्युटरमा आआफ्नो समय चाहन्थे । यो समस्याको समाधान खोज्न एमआईटीका प्रोफेसरले पहिलो पटक डिजिटल पासवर्ड बनाए र सबैलाई छुट्टाछुट्टै पासवर्ड छुट्याइदिए ताकि हर कसैले कम्प्युटरमा आफ्नो फाइलमा काम गर्न सकून् ।

डिजिटल पासवर्डको सुरुवात भएपछि यो लोकप्रिय हुँदै गयो, तब यसलाई तोड्ने उपाय समेत मानिसहरूले निकाले र ह्याक गरी पासवर्ड क्र्याक गर्न थाले । यो कुरालाई लिएर फर्नान्डो कोर्बाटोलाई पछुतो भयो ।

किन भने केही मानिसहरू पासवर्ड ह्याक गरी त्यसको गलत प्रयोग गर्न थाले । त्यसो त अहिलेको समयमा पनि ह्याकिङ निकै धेरै हुने गर्छ र कतिपय आफ्ना अमूल्य डेटा मात्र नभएर पैसा समेत ह्याकरलाई चोर्ने गर्छन्।

फर्नान्डो कोर्बाटोले त्यस अघि सन् १९४६ मा नोसेना अर्थात समुद्री सेनाको जागिर छोडेका थिए । त्यसपछि उनी क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना भए र स्नातकको डिग्री हासिल गरे ।

उनले सन् १०५६ मा एमआईटीबाट फिजिक्समा पीएचडीको डिग्री लिएर त्यहीँ प्रोफेसरको रूपमा काम गर्न लागे । एमआईटीमा नै उनले डिजिटल पासवर्ड पत्ता लगाए र सेवा निवृत्त हुन्जेलसम्म त्यहीँ काम गरिरहे ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button