अन्यसमाचार

विश्वका ४ खतरनाक टापुहरुः कतै सर्प नै सर्प, कतै ज्वालामुखीकै ताल

Gobal IME Bank

एजेन्सी । विश्वमा धेरै किसिमका टापुहरू छन् । जसको सुन्दरतालाले हेर्न जाने पर्यटकहरुलाई लालाहित बनाइदिन्छ । ति टापुहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ । तर के तपाइलाई थाहा छ ? विश्वमा यस्ता टापुहरू पनि छन् , जुन टापुमा तपाई जाने कल्पना पनि गर्न मन गर्नुहुन्न ।

 

  • पोभेजिला आइल्याण्ड, इटाली

इटालीमा रहेको यो टापुलाई ‘आइल्याण्ड अफ डेथ’ पनि भनिन्छ । यो टापुमा जाने मानिस कहिल्यै फर्केर आउँदैन भन्ने विश्वास छ । सयौं वर्षअघि करिब एक लाख ६० हजार बिरामीलाई यहाँ जिउँदै जलाइएको बताइन्छ । यसलाई भूत आइल्याण्ड पनि भनिन्छ ।

  • इल्हा दा क्विमाडा टापु, ब्राजिल

यो टापु ब्राजिलमा अवस्थित छ जुन निकै खतरनाक मानिन्छ । ब्राजिलको यस टापुमा हजारौं ‘गोल्डेन लान्सहेड भाइपर’हरू बस्छन् । यो खतरनाक सर्प विश्वको सबैभन्दा विषालु प्रजातिको हो । यसबाट निस्किने विषले मात्रै पनि मानिसको मासु पग्लन थाल्छ । त्यसैले ब्राजिलको नौसेनाले यस टापुमा जान प्रतिबन्ध पनि लगाएको छ ।

  • लुजोन द्वीप, फिलिपिन्स

सक्रिय ज्वालामुखी ‘ताल ज्वालामुखी’का कारण यो टापु खतरनाक मानिन्छ । यहाँ ज्वालामुखीय ताल छ । यसलाई हेर्न संसारभरका मानिसहरू आउँछन् ।

  • साबा आइल्याण्ड, नेदरल्याण्ड

संसारमा सबैभन्दा धेरै आँधी आउँने टापुमा यो पर्दछ । यो टापु नेदरल्याण्डमा छ । यी खतरनाक आँधीका कारण धेरै जहाजहरू टापु वरपर डुबेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button