समाचार

एउटै गीतमा एकसाथ नाच्ने दिवस

Gobal IME Bank

World Kindness Day in nepal( २५ कार्तिक, ललितपुर ) दया र करुणाको सन्देश दिन करिब ६५ भन्दा धेरै देशकाे २४७ शहरहरुमा एउटै गीतमा एकसाथ नाचेर  मनाएको छ ।  सन् २०१२ मा विश्व दया दिवसको अवसर पारेर लाइफ वेस्ट इन साइडले नृत्यको शुरु गरेको हो जुन हरेक वर्ष नोभेम्बर १०  मा संसारभरि मनाइन्छ। गत वर्ष उक्त दिवस १२० भन्दा बढी शहरहरूमा भएको थियो,जसमा २०,००० भन्दा बढी सहभागीहरू थिए । Life Vest Inside को पहलमा यो आठौं संस्करण “डान्स फर काइण्डनेस ”  हो । Those In Need र Kind Beings ले संगै मिलेर World Animal Protection संग सहकार्य गरेको छ जुन एउटा अन्तर्राष्ट्रिय पशु कल्याण (international animal welfare charity ) को लागि कार्य गर्ने सस्था हो ।
नेपालमा पनि आइतवार  “डान्स फर काइण्डनेस “को कार्यक्रम मंगलबजारमा गरिएको थियो । नेपालमा Nesfield International College ले sponsor गरेको उक्त कार्यक्रम  ८० जना भन्दा बढिको सहभागिता रहेको थियो ।  बिभिन्न डान्स ग्रुपका डान्सरहरुले आकर्षक नृत्य प्रदर्शन गरेका थिए । अंग्रेजी र नेपाली दुवै गीतमा गरिएको नृत्यले  दर्शकहरुलाई तानेको थियो ।”डान्स फर काइण्डनेस “को लागि Hand2Hand Dance Crew र Happy Crew Nepal ले डान्स प्रस्तुत गरेका थिए र अन्त्यमा freezmob र flashmob ले संयुक्त डान्स गरेका थिए । ‘Because Kindness Keeps World Afloat’ भन्ने मूल नाराका साथमा उक्त दिवस  नेपालमा सम्पन्न भएको छ ।

Dance for Kindness 2019 (1) Dance for Kindness 2019 (2) Dance for Kindness 2019

 Dance for Kindness 2019 33

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button