समाचारसूचना प्रविधि

युट्युब मनिटाइज गर्न अब ५०० सब्सक्राइबर भए पुग्ने

Gobal IME Bank

काठमाडौं । अब युट्युब च्यानल मनिटाइज हुन केबल ५०० सब्सक्राइबर भए पुग्ने भएको छ । युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी)अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको हो ।

यस्तै, मनिटाइजका लागि अब पछिल्ला ९० दिनमा कम्तीमा तीन भिडियो अपलोड गरिएको हुनुपर्नेछ ।

अघिल्लो वर्ष उक्त च्यानलका भिडियोहरू तीन हजार घण्टा हेरिएका वा पछिल्ला ९० दिनमा युट्युब सर्ट भिडियो ३० लाखपटक हेरिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसअघि, च्यानल मनिटाइज गर्न एक हजार सब्सक्राइबर र अघिल्लो वर्ष चार हजार घण्टा भिडियो हेरिएको वा सर्ट भिडियोमा एक करोड भ्युज पुगेको हुनुपर्ने मापदण्ड थियो ।

युट्युबले यो नयाँ मापदण्ड सुरुमा अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागु गरेको छ । यसलाई अरू देशमा पनि लागु गरिने कम्पनीले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button