समाचार

पहिलो वार्षित्कोत्सव मनाउदै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

1st Anniversary of RSP!

 


दुई दशक अघि सपना र रहरको झोला बोकि विदेशिएका रबि लामिछाने आफ्नो देश र नेपालीहरुको मायाले पुन आफ्नै माटो नेपाल  फर्किए । हाम्रै पालामा केहि गर्नु पर्छ भन्ने विश्वासका साथ उनी नेपाल फर्किएका थिए ।

देशका जनताको कथा र व्यथालाई वास्ता नगरेको समयमा रबिले जनताको कुरा सुनाउन सिधा कुरा जनतासँग कार्यक्रम चलाए यो कायक्रम एक किसिमको अभियान बन्यो । यो मार्फत जनताले आफ्नो पिडा शासकको आँखा सम्म पुर्याउन त मद्दत गर्यो तर आँखा कान र मुख बन्द गर्ने शासकलाई जनताको पिडा र आँसुले केहि फरक परेन ।

राजनितिक  फोहोरलाई सफा गर्नका लागि किनारमा बसेर काम भएन त्यसैले रबि आफै फोहोरमा हाम फाले उनको मनमा भएको केहि सन्देहलाई चितवनका नागरिकले देखाएको मायाले आत्मविश्वासमा  परिवर्तन गरिदियो ।त्यसदिन सिंहदरवार छिरेर देश बनाउछु भन्ने उनको दृढतामा लालमोहर लाग्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ स्थापना भएको करीब ६ महीनापछि मंसीर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सात स्थानमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छोटो समयमै राष्ट्रिय दल बन्न सफल भयो। यद्यपि दल गठन भएको एक वर्ष नपुग्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई अगाडि सारेको यो दल विभिन्न विवादमा पनि पर्यो र पुन एक पटक उपनिर्वाचनमा भारी मतका साथ विजयी भई यो पार्टि सिंहदरबार भित्र छिर्न सफल भयो । आज असार ७ गते राष्ट्यि स्वतन्त्र पार्टि स्थापना भएको १ वर्ष पुरा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले पार्टी स्थापना दिवसका अवसरमा बिहीबार एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नागरिकको सुख–दुःख विकास निर्माणमा गासिँदै कानुन निर्माणमा सक्रिय हुने जानकारी दिएका छन्।

उनले राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने र सांस्कृतिक नक्सा, सीमा समस्या आउँदा कूटनीतिक नोटमार्फत् सरकारले धारणा राखिहाल्नुपर्ने पनि बताए।

लामिछानेले नागरिकता पाउन योग्यहरू नागरिकताबाट बञ्चित हुन नहुनेमा पार्टी प्रष्ट रहेको बताए। तर, वैवाहिक अंगीकृतबारे छलफल गर्नुपर्ने उनको धारणा थियो।  र वार्षिकोत्सवको दिन नै पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिएका छन् । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका छन् । -Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Chocofun

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button