मनोरञ्जनसमाचार

चलचित्र ‘२ नम्बरी’ को उत्कृष्ट शिर्ष गीत भुषण खतिवडाको, जिते ५० हजार पुरस्कार – Good News 24

Gobal IME Bank

काठमाडौं । भूषण खतिवडाले चलचित्र ‘२ नम्बरी’ को उत्कृष्ट शिर्ष गीत लेखेर ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । चलचित्रको शिर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि मात्रै उत्कृष्ट शिर्ष गीत लेखन प्रतियोगीता नै राखेको थियो ।

जसमा भाग लिँदै ६१ वटा गीत निर्माणपक्षलाई प्राप्त भएको थियो । प्राप्त गीतहरुमध्ये भूषण खतिवडाको गीत भने निर्माणपक्षले राजेका छन् । भूषणको यो गीत चलचित्रमा प्रयोग हुने निर्माणपक्षको भनाई छ । चलचित्रको शिर्ष गीतमा भूषणकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजर र एउटा गीत सार्वजनिक भैसकेको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शन हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button