Thursday , 24 June 2021

४३८ दिन समुन्द्रमा हराएका व्यक्तिको प्रेरणादायी जीवन कथा – GoodNews24

सायद तपाइहरु मध्य धेरै यस्ता ब्यक्ति होलान जो एक्लै बस्न रुचाउँछन् तर तव मात्र जव तपाइँसंग तपाइको मोबाइल र साथमा इन्टरनेट हुन्छ । केवल कल्पना गर्नुहोस तपाइलाइ कुनै फोन ,कुनै इन्टरनेट या कुनै बोल्ने साथी बिना ,न कुनै चलचित्र ,न गर्नको लागि केहि काम, यसरी एक महिना एक्लै बस्नु छ । सायद तपाईलाई यस कुराको कल्पना मात्र गर्दा पनि डर लाग्छ होला कि यसो गर्दा तपाइको हालत के हुन्छ होला ? हामी एकजना यस्तो व्यक्तिको बारे कुरा गर्दै छौ जसले एक महिना होइन, एक वर्ष होइन पुरा ४३८ दिन बिना खाना, बिना पानी ,बिल्कुल एक्लै त्यो पनि समुन्द्रमा आफुलाई जीवित राख्न सफल भए । यस व्यक्तिबाट तपाइले धेरै कुरा सिक्न सक्नुहुन्छ।

प्रशान्त महासागर धर्तिको सबै भन्दा ठुलो र गहिरो महासागर हो र यसले धर्तिको ३०% भाग ओगटेको छ । हाम्रो पृथ्वीलाई ब्लु प्लानेटको नाम दिनुमा यसको निकै ठुलो हात छ । यो सागर यति ठुलो छ कि बाकि जमिनको सबै भाग यहाँ मिलाउदा पनि यस समुन्द्रको अघि बिलाउँछ । यसको मतलव प्रशान्त महासागराले ओगटेको जमिन पृथ्वीको कुल जमिन भन्दा पनि बढि छ । यदि यहाँ तपाइँ दुर्भाग्यवस हराउनु भयो भने तपाइलाइ भेट्ने सम्भावना लगभग शुन्य नै हुन्छ । जोस सेल्भेडोर अल्भारेंगा नामक व्यक्ति यति ठुलो समुन्द्रमा ४३८ दिनसम्म कसरी जीवित हुन सफल भए । उनको समुन्द्री जीवन कथा निकै कहालीलाग्दो साथै प्रेरणादायी छ । नचाहदा नचाहदै उनले यस्तो वर्ल्ड रेकर्ड राखेका छन् कि कोहि व्यक्ति यो रेकर्ड तोड्न चाहने छैन,या हिम्मत गर्न सक्दैन ।

मेक्सिको २०१२ जोस सेल्भेडोर अल्भारेंगा एक माहिर माझी थिए । १७ नोभेम्बर २०१२ मा उनि र उनका साथी कर्डोवा सानो डुंगा लिएर माछा मार्न निस्कन्छन । उनीहरुले धेरै टाढा नजाने योजना सहित सानो डुंगा लिएर समुन्द्रमा यात्रा गरे । उनीहरुसंग भएको डुङ्गा निकै सानो थियो जहाँ लामो समयसम्म पानीमा रहनको लागि कुनै सामान थिएन । त्यो डुंगामा केवल एउटा मोटर र एउटा रेफ़्रिजिरेटर थियो जो उनीहरुले माछा राख्नको लागि लिएका थिए । उनीहरु समुन्द्रमा आउने तुफानको बारेमा जानकार थिए तर उनीहरुले सोचे कि तुफान आउनु अघि फर्कियौ
भने हप्ताभरिको खर्च टर्नेछ । उनीहरु समुन्द्री किनाराबाट १२० किलोमिटर टाढा थिए अचानक तेज हावा चल्न थाल्यो र तुफान उनीहरुले अनुमान लगाएको समय भन्दा धेरै पहिले आयो । रातको एक बजे तुफान रोकियो । उनीहरुले माछा मार्नको लागि बिच्छ्याएको जाल तुरुन्त काटे र बेकारका चिजहरु वाहिर फ्याक्न लागे ताकी तेज हावा चल्दा उनीहरुको डुङ्गा धेरै वजन भएको कारण नडुबोस । उनीहरु किनाराबाट करिव 6 घन्टाको दुरीमा थिए । किनारासम्म आइपुग्न रातभर कोशिस गरिरहे जव उनीहरु किनाराबाट मात्र 24 किलोमिटरको दुरीमा थिए उनीहरुले जमिन देख्न थालीसकेका थिए । उनीहरु यस्तो डुङ्गामा थिए जहाँ कुनै अप्सन थिएन ।

अचानक डुङ्गाको मोटरबाट धुँवा निस्किन थाल्यो यदि मोटर बिग्रियो भने उनीहरु बोटलाई अघि पछि लैजान सक्दैन थिए । मोटर खराव भए लगत्तै फेरी चलेको तेज हावाले उनीहरुलाइ समुन्द्रको विचमा लैजान थाल्यो । त्यस बेलासम्म उनीहरुको साथमा भएको रेडियोले काम गरिरहेको थियो । त्यहि रेडियोको माध्यमबाट उनीहरुले आफ्नो बोसलाई लोकेसन पठाउने कोशिस गरे । जोस सेल्भेडोर अल्भारेंगाले लोकेसन पठाउन लाग्दै गर्दा रेडियोको ब्याट्री सकियो। सुन्दा बिल्कुल कुनै फिल्मको कहानी जस्तो लाग्न सक्छ तर त्यो अवस्थामा उनीहरुको मनमा के बितिरहेको थियो होला, किनारको यति नजिक आएर पनि दुर्भाग्यवस फेरी समुन्द्रको विचमा पुग्दा कस्तो महशुस भयो होला ? हामी यसको अन्दाज समेत लगाउन सक्दैनौ।

उनीहरुको बोसले निकै दिनसम्म खोज्ने मिसन चलायो । माछा मार्ने कैयौ ठाँउमा खोजे तर धेरै समयसम्म उनीहरुको केहि पत्तो लागेन । किनकि त्यस बेलासम्म उनीहरु त्यो ठुलो समुन्द्रमा निकै टाढा पुगिसकेका थिए । 4/5 दिनमा तेज हावाले उनीहरुलाई किनाराबाट करिव 450 किलोमिटरको दुरीमा पुर्याई सकेको थियो । उनीहरुको चारै तर्फ एउटै मात्र दृश्य थियो पानी । उनीहरुको डुङ्गा यति सानो थियो कि यदि उनीहरुकै माथिबाट हवाई जहाज उड्यो भने पनि उनीहरुलाई देख्न असम्भव थियो । अव उनीहरुलाई यस्तो लाग्न थालेको थियो कि उनीहरु मर्दै छन् तर उनीहरुले हार मानेनन् । खानको लागि चरा र माछा समात्न थाले । उनीहरुको अगाडि पानी मात्रै थियो तर त्यो पानी चाहेर पनि उनीहरु पिउन सक्दैनथे । समुन्द्रको नुनिलो पानीले तिर्खा मेटाउनुको सट्टा तिर्खा बढाउने काम गर्छ । समुन्द्रमा उनीहरुले एक प्लास्टिकको बोत्तल भेटाउँछन् जसमा उनीहरु वर्षाको पानी जम्मा गरेर पिउन सक्थे । लामो समयसम्म वर्षा नहुदा उनीहरुलाई माछाको या अन्य समुन्द्री जीवको रगत पिउनु पर्ने अवस्था आयो जसबाट उनीहरुको शरीरमा आवश्यक मिनरल भिटामिन मिल्थ्यो । यदि यो सब मिलेन भने उनीहरुले आफ्नै पिशाव समेत पिउनु पर्थ्यो । आफ्नै पिसाव छानेर पिउदा पनि यो सहि तरिका त हुन्न। यसले किड्निमा उल्टो असर गर्छ किनकि तपाई त्यहि चिज फेरी दिदै हुनुहुन्छ जुन चिज किड्निले फिल्टर गरेर फोहोरको रुपमा फ्याकेको थियो । तर पनि समुन्द्रको पानी पिउनु भन्दा राम्रो विकल्प यहि नै हो ।

दुइ जना व्यक्ति एउटा सानो डुङ्गामा बिना खाना बिना पानि धेरै लामो समयसम्म त्यसरी नै चल्नु पर्दा उनीहरुको अनुभव कस्तो रह्यो होला सोच्दा पनि मुटु कापेर आउँछ । महिनौसम्म यसरि एक्लै रहदा शरीरमा मात्र होइन दिमागमा पनि नराम्रो असर पर्न थाल्छ । अल्भारेंगाको अनुसार उसको साथीलाई पनि मानसिक रुपमा नराम्रो असर देखिन थालेको थियो । ४ महिना सम्म समुन्द्रमा पाएको दुखले अल्भारेंगाको साथीले बाच्ने हिम्मत नै त्यागेको थियो । उसको दिमागले उसलाइ हेलुसिनेट गर्न थालेको थियो । उसले अजिव अजिवको चिज देख्न थालेको थियो । विस्तारै विस्तारै उसले खाना खान नै छोडिदियो र बिरामी पर्न थाल्यो र केहि दिन पछि नै उसको मृत्यु भयो । अल्भारेंगा अब बिल्कुल एक्लो भयो । अल्भारेंगाले बताए अनुसार एउटा सामान बोक्ने बोट उसकै सामुन्नेबाट गुज्रियो बोटका ४ व्यक्तिले उसलाई देखे हात पनि हल्लाए तर उसलाई लिनको लागि फर्केर आएनन । तर यो यस्तो पनि हुन सक्छ कि यो उसको दिमागको भ्रम हो किनकि एक्लो बसेको कारण हेलुसिनेसन हुनु सामान्य कुरा हो । यदि त्यो साचो थियो भने उनीहरु मानव भन्न लायक थिएनन जसले उसको उद्दार गर्न जरुरी देखेनन् ।

८ महिना बित्यो अल्भारेंगाले करिव ८००० किलोमिटरको यात्रा तय गरिसकेको थियो । ३० जनवरी २०१४ मा अल्भारेंगाले आफ्नो वरिपरि नरिवल तैरिरहेको देख्यो । यो देखेपछि उसलाई सास आयो ,उसलाई विश्वास भयो कि यतै नजिक कतै न कतै कुनै टापु पक्का छ । नरिवल बगिरहेको दिशामा डुङ्गा चलाउन थाल्यो केहि समय पछि अल्भारेंगाले एउट टापु देख्यो । त्यो टापुसम्म पुग्न उसलाई आधि दिन लाग्यो । ८ महिना बोटमा बिताए पछि पहिलो चोटि उसले टापु देख्यो र पहिलो पटक जमिनमा पाइला टेक्यो । टापुमा पुगेको धेरै महिना पछि कोहि दोस्रो मान्छे देख्यो ।अल्भारेंगा एउटा सानो आइल्याण्ड इबोन एटोलमा पुगेको थियो र यो दुनियाँको सबै भन्दा सानो आइल्याण्ड हो । यदि त्यो समय तुफान आएको भए अल्भारेंगा कहिल्यै यो टापुमा आइ पुग्दैनथ्यो र उसले जमिन देख्न ५००० किलोमिटरको यात्रा तय गर्नु पर्थ्यो ।

उसलाई ११००० किलोमिटर समुन्द्री यात्रा गर्न ४३८ दिन लाग्यो । यदि उ त्यो टापुमा नपुगेको भए उसलाई जमिन तर्फ आउन्न अरु २३८ दिन लाग्थ्यो त्यो पनि तव मात्रै यदि बिचमा कुनै तुफान आएन भने । भाग्यवश अल्भारेंगा दुनियाँको सबै भन्दा ठुलो समुन्द्रको सबै भन्दा सानो टापुमा आइपुग्यो । त्यसपछि उसलाई घर लगियो जहाँ उसको साथीका आफन्तले उस माथि पुलिस केश गरे । उनीहरुलाई लाग्थ्यो कि अल्भारेंगाले भोक ,मेटाउन आफ्नै साथीलाई खायो होला । यस व्यक्तिबाट हामीले यो सिक्नु पर्छ कि धैर्यता र हिम्मतले जस्तो सुकै परिस्थितिबाट पनि बच्न सकिन्छ । मनमा आशा जगाई राख्नु पर्छ यसले हामीलाई जित्ने साहस दिलाउन सक्छ । अल्भारेंगाले बाच्ने आशा कहिल्यै मारेनन एकदिन त जमिनमा पुग्छु भनेर यात्रा जारि राखिरहे र त उनि त्यति ठुलो समुन्द्रमा ४३८ दिन बिना खाना बिना पानि पनि बाच्न सफल भए ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

 GudNews24 निरन्तर सकारात्मक सन्देश…

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो-Goodnews24

गण्डकी, २ पुस – दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली …

Powered by Youth Circle