शिक्षा स्वास्थ

स्किन फास्टिगंको समयमा कुनै पनि स्किन प्रडक्टको प्रयोग गरिदैन

Skin Fasting!

Gobal IME Bank

मनसुन भन्दा अगाडी आवश्यक स्किन फास्टिगं

घाम, धुलो र प्रदुषणले मात्र होइन मेकअप र स्किन केयर प्रडक्टले पनि हाम्रो छालामा असर गरिरहेको हुन्छ । त्यसैले आजकाल स्किन फास्टिगं निकै ट्रेन्ड भई रहेको छ । स्किन फास्टिगं आजकाल निकै लोकप्रिय हुदै गएको छ । स्किन फास्टिगं स्किन केयर प्रडक्ट र कस्मेटिक प्रडक्टबाट छालालाई राहत दिने एक तरिका हो । विशेष गरि गर्मी मौसमको समयमा यदि तपाईको छालामा एलर्जि वा पिम्पल जस्ता समस्या छ भने स्किन फास्टिगं निकै फाइदाजनक हुन्छ ।

स्किन फास्टिगंले हाम्रो छालालाई डिटक्स गर्नुका साथै छालामा चमक पनि ल्याउनका लागि मद्दत गर्छ । कस्मेटिक प्रडक्ट र प्रदुषणले हाम्रो छालामा असर गरिरहेको हुन्छ जसको कारणले गर्दा हाम्रो छालामा विभिन्न समस्या उत्पन्न हुन्छ । जसरी हाम्रो शरीर र मस्तिष्कलाई आरामको आवश्यकता हुन्छ त्यसैगरी हाम्रो छालालाई पनि आरामको आवश्यकता हुन्छ ।

स्किन फास्टिगंको समयमा कुनै पनि स्किन प्रडक्टको प्रयोग गरिदैन । यसको लागी तपाईले हप्तामा एक पटक स्किन केयर प्रडक्टको प्रयोग बन्द गर्ने वा रातिको समयमा छालामा कुनै पनि स्किन केयर प्रडक्टको प्रयोग नगरी स्किन फास्टिगं गर्न सक्नु हुन्छ । राति सुत्नु भन्दा अगाडी छालालाई राम्रो सँग सफा गरेर कुनै पनि प्रडक्ट जस्तै नाइट क्रिम वा सिरमको प्रयोग नगर्ने र दिनमा केवल सनस्क्रिनको प्रयोग गर्ने ।

स्किन ओइल मोइस्चराइज टेस्ट: 
एक्सपर्टहरुका अनुसार स्किन फास्टिगं गरि सके पछि ओइल मोइस्चराइज टेस्ट गर्नु आवश्यक हुन्छ ।

कसरी गर्ने ओइल मोइस्चराइज टेस्ट ?

यसको लागी टिस्यु पेपरको आवश्यकता पर्छ । सफा टिस्यु पेपरलाई अनुहारमा राख्ने यदि छालामा टिस्युपेपर टाँसियो र झुक्दा टिस्युपेपर खस्यो भने तपाईको छाला सामान्य किसिमको छ र स्किन फास्टिगंले ओइल मोइस्चराइजलाई सन्तुलित गर्छ । सुख्खा छाला छ भने टिस्यु अनुहारमा राख्दा तुरुन्तै खस्छ ।
धेरै मेकअप प्रडक्टको प्रयोग गर्ने व्यक्तिले स्किन फास्टिगं गर्दा छालाका लागी लाभदायक हुन्छ । अनुहारको छालामा पिम्पल वा साना साना बिमिरा आएको समयमा पनि स्किन फास्टिगं गर्दा लाभदायक हुन्छ ।
तर यदि तपाईको छाला सुख्खा किसिमको छ भने स्किन फास्टिगं चिसो मौसमकाे  बेलामा गर्दा लाभदायक हुन्छ ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button