मुख्य समाचारसमाचार

आजको मौसम : सामान्यतया सफा रहने

Gobal IME Bank

काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, वागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा वागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button