मुख्य समाचारशिक्षा स्वास्थसमाचार

उमेर अनुसार कति हुनुपर्छ तौल ? थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । मोटोपन अहिले स्वास्थ्य समस्याको रुपमा देखिएको छ । धेरै मानिसहरुलाई उमेर र उचाई अनुसार तौलको गणना गर्नु पर्छ भन्ने कुरा थाहा छैन । यदि तपाई फिट रहन चाहनुहुन्छ भने तौललाई सन्तुलित गर्न आवश्यक हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाम्रो जीवनशैली, शरीरको प्रकार, दैनिक क्रियाकलापले हाम्रो तौल निर्धारण हुन्छ तर उमेर र उचाई अनुसार हाम्रो तौल कस्तो हुनुपर्छ भन्ने थाहा भएमा अनगिन्ती रोगबाट बच्न सकिन्छ । मोटोपन के हो र यसबाट कसरी बच्ने भनेर बुझ्नुअघि आफ्नो उचाइअनुसार तौल कति हुनुपर्छ भन्ने सामान्य ज्ञान हुन जरुरी हुन्छ ।

उचाईबाट वजन कसरी गणना गर्ने?

बिएमआई बडी मास इन्डेक्सको मद्दतले हाम्रो लम्बाइ अनुसार वजन गणना गरिन्छ । यसको मद्दतले, धेरैजसो मानिसहरूले आफ्नो तौल कम छ वा अधिक छ भनेर थाहा पाउन सक्छन् । यदि कसैको बिएमआई १८.५ भन्दा कम छ भने, यसको मतलब उसको वजन कम छ । १८.५ देखि २९.९ बीचको बिएमआई आदर्श मानिन्छ । २५ देखि २९.९ सम्मको बिएमआई भएकाहरूलाई अधिक तौल मानिन्छ, जबकि ३० भन्दा बढी भएमा यो मोटोपनाको लक्षण मानिन्छ ।

कति उचाई र कति तौल ?

४ फिट १० इन्च – ४१ देखि ५२ किलोग्राम हुनु पर्छ ।
५ फिट उचाई – ४४ देखि ५५.७ किलोग्राम हुनु पर्छ ।
५ फिट २ इन्च – ४९ देखि ६३ किलोग्राम हुनु पर्छ ।
५ फिट ४ इन्च – ४९ देखि ६३ किलोग्राम
५ फिट ६ इन्च – ५३ देखि ६७ किलोग्राम
५ फिट ८ इन्च – ५६ देखि ७१ किलोग्राम
५ फिट १० इन्च – ५९ देखि ७५ किलोग्राम
६ फिट उचाई – ६३ देखि ८० किलोग्राम

उमेर अनुसार कति हुनुपर्छ तौल?

१९–२९ वर्ष – पुरुष ८३.४ किलोग्राम,
महिलाको वजन ७६.४ किलोग्राम सम्म हुनुपर्छ,
३०–३९ वर्ष – पुरुषको तौल ९०.३ केजी र महिलाको तौल ७६.७ केजीसम्म हुनुपर्छ,
४०–४९ वर्ष – पुरुषको तौल ९०.९ केजी र महिलाको ७६.२ केजी हुनुपर्छ,
५०–६० वर्ष – पुरुषको तौल ९१.३ किलोग्राम र महिलाको तौल ७७.० किलोग्रामसम्म हुनुपर्छ ।

हल्का मोटा मान्छेले व्यायाम गर्दा तौल कम हुन्छ। अत्यधिक तौल भएकाले भने दौडिने, उफ्रिने, र भारी किसिमको व्यायाम गर्ने गर्नु हुँदैन। त्यसो गरेमा शरीरको सम्पूर्ण तौलको भार घुँडामा जाने हुँदा पछि घुँडासम्बन्धी समस्या आउँछ। त्यसैले अधिक मोटो भएकाहरूले पहिला खाना मिलाएर तौल कम गरेपछि मात्र व्यायाम फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button