अन्यसमाचार

भजनीका किसानलाई कृषियन्त्र उपकरण वितरण -GoodNews24

Gobal IME Bank

लम्की । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ ।
महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर ट्रेलर ट्र्याक्टर, २५ थान स्प्रे ट्याङ्की, पाँच थान बोरिङ, छ थान इन्जिन, पाँच थान पानीमोटर, ३० क्विन्टल जिन्क र तुलसी कृषक समूह खैरालाई तीन थान पावर टेलर, तीन थान बोरिङ, तीन थान इन्जिन, पाँच क्विन्टल जिन्क र विद्युतीय उपकरण वितरण गरिएको हो ।
सो नगर प्रमुख शेरबहादुर चौधरीले ती सामग्री हस्तान्तरण गर्दै नगरलाई कृषि आधुनिकीकरणतर्फ उन्मुख गराउने अभियान जारी रहेको र आगामी दिनमा नगरका अन्य स्थानमा थप उपकरण वितरण गरिने जानकारी दिनुभयो ।
महिला प्रतिभा कृषक समूह गोडचौराका अध्यक्ष जनककुमारी चौधरीले सामग्रीले कृषि उत्पादन बढाउन र छिटोछरितो खेती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button