Grace Computer Jawalakhel
समाचार

अमेरिकामा २ प्रतिभा बिजयी -Good News 24

श्रावन ३१, अमेरिका । अमेरिकाको ओहायोस्थित सभाहलमा इन्ट्रा फाउण्डेसनद्वारा आयोजित “मेरो भ्वाइस कप सिजन २” र “मेरो डान्स कप सिजन ४” मा प्रविण बर्देवा र रेणुका राई घोषित भएका छन । “मेरो भ्वाइस कप सिजन २”  विजेता प्रविण बर्देवा र “मेरो डान्स कप सिजन ४” को विजेता रेणुका राई घोषित भएका हुन । विजेताहरुले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउण्डेसनका प्रमुख अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए । डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले हस्तान्तरण गरेका थिए।
अप्रिल महिनाको सात तारिकबाट सुरुभएको अडिसनमा दुबै रियालिटी शोहरुमा एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको संयोजक रुद्र बानियाले जानकारी दिएका थिए ।
यसै गरी भ्वाइस कपको फष्ट रनरअप करण तामाङ्ग हुन सफल भएका छन । उनले ६ हजार अमेरिकी डलर तथा सुनको कप पुरस्कार पाएका छन्। सेकेन्ड रनरअप शीतल शर्मा भएकी छिन । शर्माले ३ हजार डलर पुरस्कार पाइन्। त्यसैगरी शोमा चौथो हुने लीला गजमेर र पाचौं हुने बाबा खालिङले १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
डान्स कपमा फष्ट रनरअप आयुषा भएकी छन् भने सेकेण्ड रनरअप सुनीता तामाङ्ग घोषत भएकी छन्। फष्ट रनरअप आयुषाले ६ हजार अमेरिकी डलर तथा सुनको कप एवं सेकेण्ड रनरअप सुनीताले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।
हजारौं दर्शकहरु सहभागी भएको कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फाइनल शोमा बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशब पौडेल, किरण गजमेर, शिव परियार,मनोजराज शिवाकोटी,सुजाता बर्मा,अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गरेका थिए।
फाउडेसनका प्रमुख अध्यक्ष डिलीराम अधिकारीले आफ्नो काम नेपाली भाषा, कला र साहित्यलाई निरन्तर अघि बढाइरहनेमा जोड दिएका छन् । त्यस्तै परोपकारी कार्यमा फाउडेसन सधैव लागिरहने र नेपालमा रहेका शरणर्थी तथा दुखमा परेको नेपालीहरुलाई सहयोग पुर्याउनेमा प्रतिबद्द रहेको जानकारी गराउनु भएको छ ।
२०१६ को श्रृंखलामा प्रथम विजेता भएका थिए पुणी गुरु, २०१७ मा मनिता मगर, २०१९ मा विसाल राई देखि २०२२ मा रेणुका राई । त्यसैगरि भ्यवइस कप २०१९को प्रथम मा आन्न राइ र २०२२ मा प्रविण बदेवा भएका छन् । फाउडेसनले जुन महिनाको दोस्रो हप्तमा भ्वाइसका उत्कृष्ट १२ जानाालाई नेपाल लगेको थियो भने डान्स कपका ९ जाना उत्कृष्टलाई पनि लगिएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button